+
+
Shares

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : २१ जना प्रतिवादीबाट ४६ करोड बिगो दाबी

अख्तियारले ४६ करोड, १५ लाख, ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबी गर्दै २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
  • मुद्दामा तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिब गौतम र राजन पोखरेल लगायतका व्यक्तिहरू छन्।
  • अख्तियारले विमानस्थल निर्माणमा राजस्व छुटसम्बन्धी भ्रष्टाचारमा ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ।

८ चैत, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र छिट्टै मुद्दा दायर हुने भनि विवरण पेस गरेको थियो ।

अख्तियारले ४६ करोड, १५ लाख, ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ ।

अख्तियारले विमानस्थलमा परामर्शदाता नियुक्तिका लागि एपीसीमा रहेको अधिकतम लागत मूल्य ३३ करोड, ९४ लाख भएको र यो परामर्शदाता नियुक्त गरी ऋण सम्झौता रकमबाट भुक्तानि गर्नुपर्नेमा त्यसो नभएको, परामर्शदाता नियुक्तिको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिक बजेटबाट व्यहोर्ने गरी तयार भएको लागत मूल्य ५० करोड, ३४ लाख रुपैयाँ भएको तर, यो प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने भएको अख्तियारको ठहर छ ।

त्यस्तै प्राधिकरणको आन्तरिक बजेटबाट भुक्तानी गर्ने गरी भएको परामर्श सेवाको सम्झौता रकम ४२ करोड ८९ लाख रहेको तर, प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने जान्दाजान्दै सोही बजेटबाट खर्च गर्ने गरी सम्झौता गरेको, परामर्श सेवाको हालसम्म भुक्तानी भएको रकम ४० करोड ६८ लाख रहेको तर, प्राधिकरणले छुट्टै खर्च गर्न नमिल्ने हुँदा पनि भुक्तानी गरेको, हिनामिना, हानिनोक्सानी र दुरुपयोग भएको ८ लाख ९५ लाख । तर, ठेक्का सम्झौतामा उल्लेखित लागत अनुमान भन्दा बढी रकम उल्लेख गरी सम्झौता गरेको, असुल उपर हुनुपर्ने रकम ६ करोड ७३ लाख ९२ हजार रहेको । तर, ठेक्का सम्झौतामा उल्लेखित लागत अनुमान भन्दा बढी रकम भुक्तानी गरेको पाइएको अख्तियारको दाबी छ ।

यी हुन् प्रतिवादीहरू

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी
– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम र राजन पोखरेल
– प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल
– प्राधिकरणका तत्कालीन निर्देशक स्व.ध्रुवदास भोछिभोया
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने
– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योती थापा
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु
-राष्ट्रिय गौरव आयोजनाका तत्कालीन लेखा अधिकृत/उपप्रबन्धक प्रमोद नेपाल
-राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत/उपप्रबन्धक सविन फुयाल

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?