+
+
Shares

‘रोयल इन्फिल्ड हन्टर ३५०’ पोखरामा सार्वजनिक, टेस्ट राइड र बुकिङ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १८:४२

२१ माघ, काठमाडौं । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर ‘हन्टर ३५०’ पोखरामा सार्वजनिक गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ ।

काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट राइड र बुकिङ सुरु गरेको हो । विश्वका सहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइन सहितको बीएस भीआई ३५० (२०२५ इडिसन) पोखराका सहरी तथा ग्रामीणा सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

मोटरसाइकलमा स्लिप एसिस्ट क्लच, १६० एमएम ग्राउन्ड क्लियरेन्स, डुअल च्यानल एबीएस, एलईडी हेडल्याम्प, सुधारिएको सिट र ट्रिप नेभिगेटर जस्ता सुविधा समावेश छन् । यसमा प्रयोग गरिएको ३४९ सीसी जे–सिरिज इन्जिनले दैनिक सवारीमा चुस्ती र आरामदायी अनुभव दिने छ । सन् २०२२ देखि हालसम्म विश्वभरिका ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका छन् ।

रेयल इन्फिल्डका निर्देशक मेघराज पौडेलले भने, ‘पोखराजस्तो पर्यटन र एडभेन्चरले भरिएको सहरका लागि हन्टर ३५० अत्यन्त उपयुक्त मोडेल हो, यहाँको सहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास लिएका छौं, गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिकिन पाउँदा हामी उत्साहित छौं ।’

हन्टर ३५० डुअल टोनको मूल्य ४ लाख ९९ हजार र सिगल टोनको ४ लाख ९४ हजार ९ सय रुपैयाँ तेकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?