News Summary
Generated by OK AI. Editorially reviewed.- इरानी आक्रमणपछि इजरायलका सबै विद्यालयहरू आइतबार र सोमबार बन्द रहनेछन् र कुनै भौतिक कक्षा सञ्चालन नहुनेछ।
- शिक्षामन्त्री योव किशले विशेष शिक्षाका छुटहरू निलम्बन गरिने र देशभरि अनलाइन कक्षाहरू सञ्चालन हुने बताए।
- इरानी क्षेप्यास्त्र आक्रमणमा ८८ जना घाइते भएका छन् र प्रधानमन्त्री नेतान्याहूले 'धेरै कठिन साँझ' भनेका छन्।
काठमाडौं । इरानी आक्रमणपछि इजरायलका सबै विद्यालयहरू बन्द भएका छन् ।
डिमोना र अरादमा क्षेत्रमा इरानी आक्रमणपछि होम फ्रन्ट कमान्डका मेजर जनरलसँग आफूले परामर्श गरेको इजरायलका शिक्षामन्त्रीले बताएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मैले निर्णय गरेको छु कि आइतबार र सोमबारको सबै प्रकारका छुट समाप्त हुनेछन् र कुनै पनि भौतिक कक्षाहरू सञ्चालनको अनुमति दिइने छैन ।’
शिक्षामन्त्री योव किशले यस अवधिमा विशेष शिक्षाका लागि दिइएको छुटहरू निलम्बन गरिने र देशभरि दूर शिक्षा (अनलाइन कक्षाहरू) सञ्चालन हुने बताए ।
उनका अनुसार यस अवधिमा पहेंलो क्षेत्रहरू (बालबालिकाको लागि) पनि बन्द रहनेछन् ।
शिक्षामन्त्रीले मंगलबार अघिको अवस्थाबारे पनर्मूल्यांकन गरेर मात्र थप निर्णय लिने बताएका छन्।
इजरायलका आपतकालीन सेवाहरूले दक्षिणी शहर अरादमा इरानी क्षेप्यास्त्र आक्रमणबाट उल्लेखनीय क्षति भएको बताएका छन् । उक्त आक्रमणमा ८८ जना घाइते भएका छन् । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले उक्त आक्रमणहरूलाई ‘धेरै कठिन साँझ’ भनेका छन् ।
प्रतिक्रिया 4