+
+
Shares

चिसो बढेपछि बुटवलका विद्यालय तीन दिन बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १४:५१

९ पुस, बुटवल । चिसो बढेसँगै बुटवलका विद्यालयहरू तीन दिन बन्द रहने भएका छन् ।

बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते उपमहानगरभित्रका सामुदायिक र संस्थागत   विद्यालयहरु बन्द हुने जनाएको हो ।

१२ गते शनिबार सार्वजनिक बिदा नै परेकाले लगातार चार दिन विद्यालयहरु बन्द हुने भएका हुन् ।

‘केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गरिएको व्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ,’ उपमहानगर प्रमुख खेलराज पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

साथै उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने व्यवस्था मिलाइने विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?