+
+
Shares

यी १० सामग्री, जसले क्रिसमसलाई खास बनाउँछन्

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिसमस ट्री सजाउन रातो, सुनौलो, हरियो र चाँदी रंगका गहना प्रयोग गरिन्छ।
  • पश्चिमा देशमा सल्लोको पात र बेरिजले बनेको माला ढोका वा झ्यालमा झुन्ड्याइन्छ।
  • नेटिभिटी सेटमा शिशु येशू, उनका आमाबुबा, गोठाला र जनावरका मूर्तिहरू हुन्छन्।

क्रिसमस भन्ना साथै धेरैको दिमागमा झिलिमिली बत्तीले सजिएको क्रिसमस ट्री, सान्ता क्लज अथवा सुन्दर उपहारहरूको चित्र आउन सक्छ । औद्योगिक क्रान्तिअघिसम्म मान्छेहरूले बिरुवाका हाँगाबाट क्रिसमस ट्री बनाउने गर्थे । तेल र भुवाहरूको प्रयोग गरी बत्ति बाल्थे ।

तर आजको समयमा क्रिसमसको सजावट आधुनिक भएको छ । क्रिसमस ट्री, चम्किएको तारादेखि येशू ख्रीष्टको जन्मको दृश्यसम्म चाहिने भएको छ । यस लेखमा क्रिसमसलाई खास बनाउन संसारभर प्रयोग गरिने केही प्रमुख सामग्रीहरूको चर्चा गरिने छ ।

१. गहना

क्रिसमस ट्री सजाउन प्रयोग गरिने रङ्गीचङ्गी बलहरू र स-साना मूर्तिहरू नै सबैभन्दा लोकप्रिय सामग्री हुन् । ती अर्नामेन्टस् अर्थात् गहनाहरू रातो, सुनौलो, हरियो र चाँदी जस्ता रङका हुन्छन्, जसले गर्दा रुख भव्य देखिन्छन् ।

२. माला

ढोका वा झ्यालमा झुन्ड्याइने गोलो आकारको मालाले क्रिसमसको झुट्टै झल्को दिन्छ । पश्चिमा देशमा यसमा सल्लोको पात, स-साना बेरिज र रिबनहरू प्रयोग गरिएको हुन्छ । हरियो र त्यसमा फरक-फरक रङका अन्य ससाना सहायक सामाग्री हुने भएकाले यो निकै आकर्षक देखिन्छ ।

३. नटक्राकर

यो जर्मनीबाट सुरु भएको एक प्रकारको काठको सिपाहीको मूर्ति हो । यो निकै रङ्गीचङ्गी र आकर्षक हुन्छ । अचेल यसलाई टेबलमा राख्न वा क्रिसमस ट्रीमा झुन्ड्याउन समेत प्रयोग गरिन्छ । तर, आजभोलि यो प्लास्टिकको पनि पाइन्छ ।

४. सान्टा क्लज

बच्चाहरू माँझ लोकप्रिय सान्टा क्लजको उपस्थितिबिना क्रिसमस अपुरो हुन्छ । सान्टाका स-सना मूर्तिदेखि लिएर बाहिर आँगनमा राखिने ठूला हावा भरिएका सान्टाहरूले क्रिसमसलाई निकै रमाइलो बनाइरहेको हुन्छ । आजकल सान्टाको लगाउन मिल्ने कस्ट्युम समेत पाइन्छ । ती लगाएर बालबालिकाहरूलाई रमाइलो दिइरहेका समेत हुन्छन्।

५. ट्री टपर्स

ट्री टपर्स अर्थात् रुखको टुप्पोमा राखिने सामाग्री । क्रिसमस ट्रीको टुप्पोमा सामान्यतया तारा वा परीको सानो मूर्ति राखिन्छ । यसो गर्दा क्रिसमस ट्री निकै आकर्षक र भिन्न देखिन्छ । कतिपय अवस्थामा त्यस्ता ट्री टपर्स घरका अन्य ठाउँमा समेत राख्ने गरिन्छ ।

६. रेन्डियर

सान्टा क्लज धेरै ठाउँमा रथको माध्यमबाट जान्छन् भन्ने कथन छ । सान्टाको त्यही रथ तान्ने मृग जस्तो देखिने जनावर रेन्डियर हुन् । क्रिसमस ताका ती जनावरका मूर्तिहरू पनि उत्तिकै मात्रामा लोकप्रिय हुन्छन् । प्राय: यस्ता मूर्तिलाई घरको बगैँचा वा बैठक कोठामा सजाउने गरिन्छ ।

७. मोजा

कथन अनुसार सान्टाले आगो ताप्ने ठाउँमा राखिएको मोजामा उपहार अथवा मिठाई राखिदिन्छन् भन्ने विश्वास छ । त्यसो हुनाले कतिपयले आगो ताप्ने ठाउँमा ठूला र आकर्षक मोजाहरू झुन्ड्याउने गर्छन् ।

८. स्नो ग्लोब

स्नो ग्लोबमा काँचको गोलो गोलाभित्र हिउँ परेको जस्तो देखिन्छ । त्यसमा क्रिसमस ट्री अथवा अन्य क्रिसमस सम्बन्धी अन्य केही हुन्छ । त्यसले बालबालिकाहरूलाई निकै आकर्षिक गर्ने गर्छ । कतिपय स्नो ग्लोबमा संगीत पनि बज्ने गर्छ ।

९. स्नोम्यान

क्रिसमसको बेलामा स्नो ग्लोबसँगै स्नो म्यान पनि निकै चर्चामा हुने सजावटको सामग्री हो । क्रिसमसको समय हिउँको सिजनमा पर्ने भएकाले धेरैले हिउँबाट मान्छेको आकृति बनाएर त्यसलाई सजाउने गर्छन्, जसलाई नै ‘स्नोम्यान’ भन्ने गरिन्छ । सेतो रङगको स्नो म्यानको गलामा रंगीन मफलर र टाउकोमा टोपी लगाउँदा त्यो निकै आकर्षक देखिन्छ।

१०. नेटिभिटी सेट

बाइकलको कथन अनुसार येशूको जन्म गोठमा भएको थियो । त्यहींको दृश्यको मूर्तिलाई ‘नेटिभिटी सेट’ भनिन्छ । यसमा शिशु येशू, उनका आमाबुबा, गोठाला र जनावरका मूर्तिहरू हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?