+
+
Shares

लिबियाका सेना प्रमुखको टर्कीमा विमान दुर्घटनामा परी मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते ८:३१

९ पुस, काठमाडौं । लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु भएको छ ।

लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख अल-हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् ।

जनरल अल-हद्दाद र अन्य चार जना मंगलवार बेलुकी टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन ५० एयरक्राफ्टमा सवार थिए ।

एयरक्राफ्टको भग्नावशेष अंकाराको दक्षिण–पश्चिममा फेला परेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?