९ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारसँग भेट गरेका छन् ।
नेताद्वयले बुधबार जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका हुन् ।
गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक प्रचण्ड र सहसंयोजक नेपाल डल्लुस्थित निवासमा पुगेका थिए ।
चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले नेताहरूलाई दिएका प्रचण्डको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4