+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते ७:३७

२५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएकाले तिनको संरक्षण आवश्यक भएकामा जोड दिएका छन् । २३औँ अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गरेर प्रचण्डले पर्वतहरूको संरक्षणमा जोड दिएका हुन् ।

यस दिवसले पर्यावरण संरक्षण, पर्वतीय पारिस्थितिकीको दीर्घकालीन सुरक्षा र जलवायु न्यायका लागि हामी सबैलाई नयाँ ऊर्जा र संकल्प प्रदान गर्ने प्रचण्डको विश्वास छ ।

साथै उनले प्रत्येक नेपाली नागरिकले स्वच्छ, सुरक्षित र दिगो पर्वतीय वातावरणमा सम्मानजनक जीवन बाँच्न पाउने आधार सुनिश्चित होस् भन्ने कामना पनि गरेका छन् ।

उनले पर्वतहरूको पारिस्थितिक प्रणाली असन्तुलित बन्दै गएको र त्यसबाट विषम मौसमी घटनाहरु हुने गरेको स्मरण गरेका छन् । ‘पर्वतले जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनलाई आधार प्रदान गर्छन् । तर जलवायु परिवर्तनका कारण हिमशृङ्खलाहरू तीव्र गतिमा पग्लिरहेका छन्, पहाड–पर्वतहरूको पारिस्थितिक प्रणाली असन्तुलित बन्दै गएको छ । यसको प्रत्यक्ष असर नेपालजस्ता अल्पविकसित राष्ट्रहरूमा बाढी, खडेरी, माटो क्षयीकरण र खाद्य असुरक्षाको रूपमा देखा परेको छ’, सन्देशमा उलेखिएको छ ।

असी प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको र हिमालयको काखमा अवस्थित हाम्रो देश जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै संयोजक दाहालले हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवन जोखिममा पर्नु, अल्पविकसित राष्ट्रहरूले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम भएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?