+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

स्टाइलिस देखाउने र न्यायो बनाउने ब्लाउजका थरीथरी डिजाइन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विवाह सिजनमा महिलाले न्यानो र स्टाइलिस ब्लाउज लगाउन हाई नेक भेल्भेट ब्लाउज लोकप्रिय भएको छ।

अहिले विवाहको सिजन छ । सँगै जाडो पनि बढीरहेको छ । विवाहको निम्तो मान्न जाने महिला हुन् वा दुलही, उनीहरूलाई चिसोमा सारी कसरी लगाउने होला भन्ने तनाव हुन्छ । अब यसको चिन्ता लिनु नपर्ने भएको छ । अहिलेको फेसनमा न्यानो कपडा र आकर्षक डिजाइन दुवै एकैसाथ आएका छन् ।

बजारमा थरीथरीका ब्लाउज छन्, जुन हेर्दा स्टाइलिस देखिन्छ र लगाउँदा न्यानो अनुभूति हुन्छ।

 हाई नेक भेल्भेट ब्लाउज

सबैभन्दा पहिले आउँछ, हाई नेक भेल्भेट ब्लाउज । यो डिजाइनले अहिले सबैको मन जितिरहेको छ । पूरै गला ढाक्ने गरी कलर हुन्छ, माथि सानो बटन वा हुकले बन्द हुन्छ। भेल्भेटको नरम र चम्किलो कपडाले गर्दा गला र छाती पूरै कभर हुन्छ, चिसो हावा छिर्नै पाउँदैन ।

बनारसी भेल्भेट वा कोरियन भेल्भेटमा जरी, जर्दोजी वा रेशमको कढ़ाई गरेर बनाउँदा शाही लुक आउँछ । मरून, एमराल्ड ग्रीन, रोयल ब्लू, गोल्डेन वा डीप ब्ल्याक रङमा बनाएर बनारसी, कान्जीवरम वा ओरगान्जा सारीसँग लगाउँदा दुलही जत्तिकै सुन्दर देखिन्छ ।

फुल स्लीभ ब्रोकेड ब्लाउज

ब्रोकेड आफैंमा बाक्लो र न्यानो कपडा हो । पूरै हात ढाक्ने लामो बाहुला र कफमा जरी बोर्डर लगाउँदा एकदमै ‘हाइ क्लास’ देखिन्छ । अगाडि प्रिन्सेस कट वा बोट नेक र पछाडि गहिरो गोलाकार कट वा डोरी बाँध्ने स्टाइल राख्न सकिन्छ ।

गोल्ड–रातो, सिल्भर–हरियो वा क्रीम–गोल्ड जस्ता रङमा बनाउँदा भित्र थर्मल वा स्वीटर लगाउनै पर्दैन । यो ब्लाउजले आफैं न्यानो राख्छ र सारीलाई भारी र परम्परागत लुक दिन्छ ।

ज्याकेट स्टाइल ब्लाउज

अहिलेको सबैभन्दा ठूलो हिट बनिरहेको ब्लाउज हो, ज्याकेट स्टाइल ब्लाउज । यो डिजाइनले साधारण सारीलाई पनि राजकुमारीको लुगाजस्तो बनाइदिन्छ । अगाडि खुल्ने ज्याकेट शैली हुन्छ, भित्र छोटो ब्लाउज वा क्रप टप जोडिएको हुन्छ । कम्मरदेखि हिपसम्म लम्बाइ राखिन्छ । भेल्भेट र बनारसीको कम्बिनेशन वा रेशमी ज्याकेटमा बटन, ब्रोच वा जरिको काम गरिन्छ ।

वाइन रेड, मिडनाइट ब्लू वा एमराल्ड ग्रीन रङमा बनाएर पहिएर रातको रिसेप्सन वा बिहे भोजमा जाने हो भने सबैको नजर त्यतै जान्छ । यो ब्लाउजले चिसोबाट पूर्णसुरक्षा दिन्छ र फोटोमा पनि एकदमै ग्रान्ड देखिन्छ ।

पफ स्लीभ र फर डिटेल

पफ स्लीभ र फर डिटेल भएको ब्लाउज विदेशी विन्टर फेसनको झल्को दिन्छ । काँधमा ठूलो पफ र बाहुलीको किनारमा फर बोर्डर लगाउँदा एकदमै ग्ल्यामरस लुक आउँछ।

भेल्भेट वा सिल्कको कपडामा यो डिजाइन गर्दा हात टाइट फिटिङ हुन्छ तर काँधमा भोल्युम हुन्छ । यो स्टाइल लगाउँदा सारीमा पनि युरोपियन विन्टर पार्टीको झझल्को आउँछ । डीप रेड, आइभरी वा ब्ल्याकमा बनाउन सकिन्छ ।

काश्मीरी एम्ब्रोइडरी भएको पूर्ण कभर ब्लाउज

काश्मीरी एम्ब्रोइडरी भएको पूर्ण कभर ब्लाउज त जाडोको राजकुमारीको पहिचान नै हो । पूरै ब्लाउजमा हातले पश्मिना थ्रेडले काश्मीरी काम गरिन्छ । हाईनेक, फुल स्लीभ र पछाडि पनि उत्तिकै काम हुन्छ । पश्मिना सिल्क वा बनारसी सिल्कमा यो डिजाइन गर्दा शाल वा दुपट्टा ओढ्नै पर्दैन ।

मरून, आइभरी वा डीप ग्रीनमा बनाउँदा दुलही र उनका साथी दुवैले लगाउन सक्छन् ।

केप स्टाइल ब्लाउज

नयाँ ट्रेन्डको रूपमा केप स्टाइल ब्लाउज पनि उत्तिकै चर्चामा छ । ब्लाउजमाथि छोटो पञ्चो वा केप जोडिएको हुन्छ । भित्र स्लीभलेस वा छोटो स्लीव ब्लाउज हुन्छ तर माथिको भेल्भेट केपले हात र काँध पूरै न्यानो राख्छ । यो डिजाइन फोटोमा एकदमै फरक र आकर्षक देखिन्छ । गोल्डेन, ब्ल्याक वा डीप पर्पल रङमा बनाउँदा सारीको लुक दोब्बर हुन्छ ।

डबल लेयर ब्लाउज

डबल लेयर ब्लाउज पनि निकै मन पराइएको डिजाइन हो । भित्र नेट वा सिल्कको छोटो ब्लाउज र माथि ट्रान्सपरेन्ट भेल्भेट वा ओरगान्जाको लामो लेयर हुन्छ । यो लेयरले चिसोबाट जोगाउँछ र ब्लाउजलाई भोल्युम दिन्छ । रातो, हरियो वा गोल्डेन रङमा बनाउन सकिन्छ ।

कोट स्टाइल लङ ब्लाउज

कोट स्टाइल लङ ब्लाउज त जाडोको सबैभन्दा सुरक्षित र सुन्दर विकल्प हो । कम्मरमुनि घुँडासम्म आउने भेल्भेट वा ब्रोकेडको कोट जस्तै ब्लाउज बनाउन सकिन्छ । अगाडि बटन वा ब्रोचले बन्द हुन्छ । यो लगाउँदा कोट र सारी दुवैको मजा लिन सकिन्छ ।

फुल स्लीभ सिक्विन ब्लाउज

फुल स्लीभ सिक्विन ब्लाउज रातको पार्टीको लागि परफेक्ट छ । पूरै बाहुला र अगाडि–पछाडि सिक्विनको काम हुन्छ । भेल्भेटको बेसमा सिक्विन लगाउँदा टाढैबाट चम्किन्छ। ब्ल्याक, सिल्भर वा गोल्डेनमा बनाउन सकिन्छ ।

गलाको भाग नखोलेको बनारसी ब्लाउज चाइनिज कलर स्टाइलमा बनाउँदा एकदमै दमदार देखिन्छ । गोल्डेन बनारसीमा पूरै बन्द गला र फुल स्लीभ हुन्छ । यो डिजाइन दुलही र आमाहरू दुवैले मन पराउँछन्।

शर्ट कलर फुल स्लीभ ब्लाउज

शर्ट कलर फुल स्लीभ ब्लाउज फ्युजन लुक दिन्छ । शर्टको कलर र कफ भएको भेल्भेट वा ब्रोकेड ब्लाउज जसमा अगाडि बटन लाइन हुन्छ । यो स्टाइल युवतीहरूलाई धेरै मन पर्छ ।

क्रप ज्याकेट कम्बो

क्रप ज्याकेट कम्बो पनि निकै ट्रेन्डी छ । भित्र क्रप टप र माथि छोटो ज्याकेट स्टाइलको भेल्भेट लेयर हुन्छ । यो सेट सारीसँग लगाउँदा आधुनिक र न्यानो दुवै हुन्छ ।

फ्लोरल एप्लिक ब्लाउज

फ्लोरल एप्लिक ब्लाउजमा भेल्भेटमाथि ठूलो–ठूलो फ्लोरल एप्लिक काम हुन्छ । फुल स्लीव र हाई नेकमा यो डिजाइन दुलहीका लागि उत्तम हुन्छ । तिब्बती बोर्डर ब्लाउजमा बाहुली र गलामा तिब्बती स्टाइलको जरि बोर्डर हुन्छ । मरून भेल्भेटमा यो डिजाइन गर्दा एकदमै अलग र आकर्षक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?