+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

महामन्त्री थापाको परिपत्र– सम्पूर्ण क्रियाशीलको सदस्यता अनिवार्य नवीकरण गर्नू

एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले १० पुसभित्र र दुईभन्दा बढी निर्वाचन क्षेत्र भएकाले जिल्लाले ११ पुसमा  सम्पूर्ण प्रक्रिया पूरा गरेर नामावली प्रकाशन गरी केन्द्रमा पठाउनु पर्ने परिपत्रमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १३:४३
फाइल तस्वीर

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सम्पूर्ण क्रियाशील सदस्यहरूको सदस्यता अनिवार्य रूपमा नवीकरण गर्न मातहतलाई निर्देशन दिएको छ । महामन्त्री गगनकुमार थापाले बुधबार परिपत्र गरेर मातहतलाई सम्पूर्ण क्रियाशील सदस्यहरूको सदस्यता अनिवार्य रूपमा नवीकरण गर्न निर्देशन दिएका हुन् ।

परिपत्रमा नवीकरण गर्दा मृत्यु भएका, पार्टी परित्याग गरेका, केन्द्रीय अनुशासन समितिले अन्तिम कारबाही गरेर निष्कासन गरेका तथा क्रियाशील नवीकरण नगरिदिनु भनी लिखित वा मौखिक आग्रह गरेकाहरूबाहेक सबै सदस्यहरूको नवीकरण अनिवार्य रूपमा गर्नका लागि आवश्यक व्यवस्था गर्न भनिएको क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए ।

उनका अनुसार अत्यन्त जरूरी भन्दै ७७ वटै जिल्ला सभापतिहरूलाई पठाइएको परिपत्रमा क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण नरोक्ने गरी आवश्यक व्यवस्था र मातहतका समितिमा समन्वय गर्न भनिएको छ ।

‘नवीकरणका लागि योग्य व्यक्तिको कुनै कारणले नवीकरण रोकिएमा निजले सदस्यता नम्बर र शुल्कसहित सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा निवेदन दिएमा केन्द्रीय कार्यालयबाट नै सदस्यता नवीकरण गर्न सक्ने निर्णय भएको हुँदा कसैको पनि नवीकरण नरोक्ने गरी आवश्यक व्यवस्था र मातहतका समितिमा समन्वय गर्नु गराउनु होला,’ महामन्त्री थापाले भनेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरणका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै सदस्यता फारम पठाइएको परिपत्रमा उल्लेख छ ।

एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले १० पुसभित्र र दुईभन्दा बढी निर्वाचन क्षेत्र भएकाले जिल्लाले ११ पुसमा सम्पूर्ण प्रक्रिया पूरा गरेर नामावली प्रकाशन गरी केन्द्रमा पठाउनु पर्ने परिपत्रमा उल्लेख छ ।

‘नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकोले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले सदस्यता नवीकरण तथा वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउन हुन यो परिपत्र गरिएको छ,’ महामन्त्री थापाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?