+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

थाइल्यान्डसँगको सीमा विवादले एक लाख भन्दा बढी कम्बोडियन विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कम्बोडियाका उपसचिव माली सोचेटाले थाइल्यान्डसँग सीमा विवादका कारण एक लाख एक हजार १२९ विस्थापित सुरक्षित क्षेत्र तर्फ भागेको बताएका छन्।
  • थाई सेनाले एफ–१६ लडाकू जेटसहित भारी हतियार प्रयोग गरी कम्बोडियाको सैन्य चौकी र नागरिक क्षेत्रमा आक्रमण गरेको सोचेटाले खुलाएका छन्।
  • यस द्वन्द्वमा कम्तिमा सात कम्बोडियन नागरिकको मृत्यु र २० जना घाइते भएको रक्षा मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।

२४ मंसिर, कम्बोडिया । थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियनहरू आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्र तर्फ भागेको कम्बोडियाका मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार बताएका छन्।

महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूसहित विस्थापितको सङ्ख्या एक लाख एक हजार १२९ रहेको कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले पत्रकार सम्मेलनमा बताएका हुन् ।

थाई सेनाले आइतबार दिउँसो देखि बुधबार बिहान सम्म कम्बोडियाको सैन्य चौकी र नागरिक क्षेत्रमा आक्रमण गर्न एफ–१६ लडाकू जेटसहित भारी र विनाशकारी हतियार प्रयोग गरेको उहाँले जनाएका हुन् ।

सोचेटाका अनुसार यस द्वन्द्वमा कम्तिमा सात कम्बोडियन नागरिकको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?