
News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाईल्याण्ड र कम्बोडियाबीच तत्काल युद्धविराम लागू गर्ने सहमति भएको जानकारी दिए।
- कम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाईल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले स्थानीय समयअनुसार सोमबार मध्यरातदेखि बिना सर्त युद्धविराम लागू गर्ने इच्छा प्रकट गरेका छन्।
- थाईल्याण्ड र कम्बोडियाबीच तीन बुँदामा सहमति भएको छ र दुवै देशका सैन्य कमाण्डरहरूले मंगलबार बिहान ७ बजे अनौपचारिक बैठक गर्नेछन्।
१२ साउन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाईल्याण्ड र कम्बोडिया तत्काल युद्धविराम लागू गर्ने सहमतिमा पुगेका जानकारी दिएका छन् ।
उनका अनुसार कम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले ‘तत्काल युद्धविरामप्रति आफ्नो इच्छा प्रकट गरेका’ छन् ।
अनवरले बताएअनुसार, थाईल्याण्ड र कम्बोडियाबीच स्थानीय समयअनुसार सोमबार मध्यरातदेखि ‘तत्काल र बिना सर्त युद्धविराम’ लागू हुनेछ ।
उनले भने, ‘यो तनाव कम गर्ने र शान्ति तथा सुरक्षाको पुनःस्थापनातर्फको पहिलो महत्वपूर्ण कदम हो ।’
थाईल्याण्ड र कम्बोडियाबीच तीन बुँदामा सहमति भएको छ। मलेसियाली समयअनुसार मध्यरातदेखि ‘बिना सर्त युद्धविराम’ लागू हुनेछ ।
साथै दुवै देशका सैन्य कमाण्डरहरूले मंगलबार बिहान ७ बजे ‘अनौपचारिक बैठक’ गर्नेछन् र त्यसपछि ४ अगस्टमा दक्षिणपूर्वी एशियाली देशहरुको साझा संगठन (आसियान) अध्यक्षको नेतृत्वमा रक्षा संयन्त्रहरूको बैठक बस्नेछ ।
प्रतिक्रिया 4