News Summary
Generated by OK AI. Editorially reviewed.- कम्बोडियामा रहेका २११ जना नेपाली थाइल्यान्डस्थित बैंककको नेपाली दूतावाससँग सम्पर्कमा आएका छन्।
- दूतावासले २७ जना नेपाली कम्बोडियाका विभिन्न कारागारमा पुर्पक्षका लागि थुनामा रहेको उल्लेख गरेको छ।
- दूतावासले नेपाल फर्किन कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्न आग्रह गरेको छ।
२५ वैशाख, काठमाडौं । कम्बोडियामा रहेका २११ जना नेपाली थाइल्यान्डस्थित बैंककमा रहेको नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।
दूतावासले जारी गरेको सूचनामा कम्बोडियामा अवैध रुपमा रहेका २११ जनाले स्वदेश फर्काइदिन आग्रह गर्दै सम्पर्कमा आएको उल्लेख छ ।
‘यस राजदूतावासले कम्बोडियामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने उद्देश्यले अनलाइन फाराम भर्न अनुरोध गरेअनुसार हालसम्म २११ जना नेपालीहरूले उक्त फाराम भर्नुभएको छ, जसमा ९ जना महिला रहेका छन्,’ दूतावासको सूचनामा उल्लेख छ ।
दूतावासका अनुसार सम्पर्कमा आएका २११ जना नेपालीहरू सन् २०२२ मे महिनादेखि २०२६ मे महिनासम्म कम्बोडिया पुगेकाहरू छन् ।
दूतावासले २७ जना नेपालीहरू विभिन्न अभियोगमा पुर्पक्षका लागि कम्बोडियाका विभिन्न कारागारमा थुनामा रहेको उल्लेख गरेको छ ।
पुर्पक्षको प्रक्रियाका क्रममा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने दूतावासले भनेको छ । दूतावाले २५ जना नेपालीहरू आज नेपाल फर्किरहेको पनि जानकारी दिएको छ ।
त्यस्तै दूतावासले नेपाल फर्किनका लागि कनेक्टिङ फ्लाइट भएको टिकटमात्र खरिद गर्न आग्रह गरेको छ ।
‘कम्बोडियाबाट नेपाल फर्किने क्रममा कृपया कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्नुहोला,’ दूतावासले भनेको छ, ‘कनेक्टिङ फ्लाइट नभएको टिकट खरिद गर्दा ट्रान्जिट हुने मुलुकको भिसा आवश्यक पर्न सक्ने, साथै आफ्नो लगेज पुनः चेक इन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले यात्रा झन्झटिलो तथा कठिन हुन सक्छ ।’
नेपालीहरूले कम्बोडिया जाने क्रममा २ लाखदेखि ८ लाख रुपैयाँसम्म विभिन्न व्यक्तिहरूलाई बुझाएको सूचना प्राप्त भएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया 4