+
+
Shares

कम्बोडियाबाट एक महिनामा १२७ जनाको उद्धार

पछिल्लो समय थाइल्यान्ड, म्यानमार, कम्बोडियाजस्ता देशमा नेपाली युवायुवतीलाई लगेर साइबर दासको रूपमा काम लगाउने गरेको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १६:०७

१८ चैत, काठमाडौं । पछिल्लो एक महिनामा कम्बोडियाबाट मात्रै १२७ नेपालीको उद्धार गरिएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार पछिल्लो एक महिनामा १२७ जनाको उद्धार गरिएको हो ।

पंगेनीका अनुसार आज बुधबार मात्रै ८ जनालाई उद्धार गरेर काठमाडौं ल्याइएको छ । कम्बोडियामा लगेर अलपत्र पारेको आरोपमा अहिले एक जना पक्राउ परेर हिरासतमा राखेर अनुसन्धान गरिएको उनले बताए ।

पछिल्लो एक महिनाका घटनामा मात्रै ८ वटा मुद्दा दायर भएको छ । पीडितलाई कन्भिन्स गराएर उजुरी लिने काम भइरहेको प्रहरीले बताएको छ ।

कम्प्युटरको काम भन्दै झुक्याउनमा पारेर कम्बोडिया लैजाउने र त्यहाँ लगेर साइबर स्क्याममा लगाउने गरेको पाइएको एसएसपी पंगेनी बताउँछन् ।

‘केहीलाई सेक्युरेटी गार्डको काम भनिएको छ । अधिकांशलाई भने कम्प्युटरको काम भनिएको छ । त्यहाँ पुर्‍याएपछि भने साइबर ठगीमा प्रयोग गर्ने प्रवृति देखिन्छ’, एसएसपी पंगेनीले अनलाइनखबरसँग भने ।

पछिल्लो समय थाइल्यान्ड, म्यानमार, कम्बोडियाजस्ता देशमा नेपाली युवा–युवतीलाई लगेर साइबर दासको रूपमा काम लगाउने गरेको प्रहरीले बताएको छ ।

त्यस्ता देशमा पुर्‍याएपछि सरकारी संयन्त्रको समेत पहुँच नहुने ठाउँहरूमा क्याम्प खडा गरेर साइबर स्क्याममा नेपालीहरूलाई प्रयोग गर्ने प्रवृति देखिन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?