+
+
Shares

थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा तनाव

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते ११:३९

८ साउन, काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढेको छ ।

थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका छन् ।

त्यसपछि थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ ।

कम्बोडयाको रक्षा मन्त्रालयले पनि थाई सेनाले सीमा नजिककै रहेको प्राचीन प्रेह भिहेयर मन्दिर नजिकै सडकमा बम खसाल्न लडाकु विमान प्रयोग गरेको जनाएको बेलायती अखबार द गार्डियनले लेखेको छ । यो गोली प्रहार हुँदा थाई नागरिक मारिएको क्षेत्रमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?