+
+
Shares

कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते ९:४९

११ साउन, काठमाडौं । कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत भएका छन् । यो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन् ।

यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाले राखेको युद्धविरामको प्रस्तावको स्वागत गरेको बताएका थिए । प्रधानमन्त्री हुन सेनले कम्बोडियाका विदेशमन्त्रीले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले युद्धविरामबारे कुरा गर्ने बताएका थिए ।

कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो । यही तनावका बीच कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो । दुईपक्षीय लडाइँमा कम्तिमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले झडप नरोकिएसम्म दुवै देशसँग व्यापार सम्झौताबारे छलफल नगर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?