News Summary
Generated by OK AI. Editorially reviewed.- देशभरका भन्सार कार्यालयमा भन्सार एजेन्टहरूले गरेको आन्दोलन फिर्ता भएको छ।
- भन्सार विभाग र महासंघबीच माग व्यवस्थापन सुधार र सम्बोधन गर्ने सहमति भएको विभागले जनाएको छ।
- नियमावलीमा सम्बोधन गर्नुपर्ने माग अर्थ मन्त्रालयमा अवगत गराउने निर्णय पनि भएको छ।
२४ मंसिर, काठमाडौं । देशभरका भन्सार कार्यालयमा भन्सार एजेन्टहरूले गरेको आन्दोलन फिर्ता भएको छ । भन्सार एजेन्ट महासंघका अनुसार २३ मंसिरबाट सुरु गरिएको आन्दोलन भन्सार विभाग र महासंघबीचको सहमतिसँगै फिर्ता भएको हो ।
विभागका अनुसार महासंघले भन्सार विभागमा पेश गरेका मागहरू व्यवस्थापन सुधार र विभाग तथा कार्यालयाबाट सम्बोधन हुने प्रकृतिका माग क्रमशः कार्यान्वयन गर्ने सहमति भएको छ ।
नियमावलीमा सम्बोधन गर्नुपर्ने मागका विषयमा अर्थ मन्त्रालयमा अवगत गराउने निर्णय भएको समेत विभागले जनाएको छ । भन्सार ऐन २०८२ मा समावेश कतिपय प्रावधानले एजेन्टको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा असर पर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए ।
प्रतिक्रिया 4