+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सरकारको डरले मचाडोले लिन सकिनन् नोबेल शान्ति पुरस्कार, लुकेर बस्नुपर्ने बाध्यता

नोबेल कमिटीले मचाडोकी छोरीलाई उनको शान्ति पुरस्कार प्रदान गरेर सम्मान गर्‍यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते ८:३२
नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरीना मचाडो

एजेन्सी । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरीना मचाडो नोबेल शान्ति पुरस्कार वितरण समारोहमा उपस्थित हुन सकिनन्। मारियाको सट्टामा उनकी छोरी एना कोरिना सोसाले नर्वेको ओस्लोमा यो पुरस्कार ग्रहण गरिन्।

एनाले समारोहमा आफ्नी आमाले लेखेको भाषण पनि पढेर सुनाइन्। आफ्नो लिखित सन्देशमा मचाडोले लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्नका लागि सङ्घर्ष आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले यो पुरस्कार भेनेजुएलाका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि महत्त्वपूर्ण रहेको बताइन्।

मचाडोमाथि यात्रा प्रतिबन्ध लगाइएको छ। उनी एक वर्षभन्दा बढी समयदेखि लुकेर बसिरहेकी छन्, त्यसैले उनी समयमै ओस्लो पुग्न सकिनन्। यद्यपि, नोबेल कमिटीका अनुसार मचाडो बाटोमा छिन् र रातिसम्म ओस्लो पुग्न सक्नेछिन्।

मचाडोलाई अक्टोबर १० मा भेनेजुएलामा लोकतन्त्र पुनर्स्थापित गर्ने प्रयासका लागि नोबेल शान्ति पुरस्कारका लागि छनोट गरिएको थियो। पुरस्कार लिनका लागि मचाडोकी आमा र उनका तीन छोरीहरू ओस्लो पुगेका थिए।

अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइली लगायत धेरै ल्याटिन अमेरिकी नेताहरू पनि समारोहमा उपस्थित थिए।

नोबेल कमिटीले मचाडोकी छोरीलाई उनको शान्ति पुरस्कार प्रदान गरेर सम्मान गर्‍यो ।

मचाडोकी छोरी एना कोरिना सोसा

भेनेजुएलामा तानाशाही बढ्यो : मचाडो

आफ्नो लिखित भाषणमा मचाडोले भेनेजुएला बिस्तारै तानाशाहीतर्फ गएको र मानिसहरूले यसलाई समयमै बुझ्न नसकेको बताइन्। उनले पूर्व राष्ट्रपति ह्युगो चाभेज र वर्तमान राष्ट्रपति निकोलस मादुरोमाथि लोकतन्त्र कमजोर पारेको आरोप लगाइन्।

सन् २०२४ मा मचाडोलाई राष्ट्रपति चुनाव लड्नबाट रोकिएको थियो, जबकि उनले विपक्षी प्राइमरीमा ठूलो जीत हासिल गरेकी थिइन्। यसपछि सरकारको कारबाही बढ्दा उनी अगस्ट २०२४ देखि लुकेर बस्न थालेकी हुन्।

मचाडोले लोकतन्त्रको लडाइँका लागि सन् २०२५ नोबेल शान्ति पुरस्कारसँगै अन्य पुरस्कार र सम्मान पनि पाएकी छन् ।

सन् २०२४ मा युरोपेली संसदले उनलाई र एडमुन्डो गोन्जालेजलाई लोकतन्त्रको रक्षाका लागि यो पुरस्कार दिएको थियो ।

सोही वर्ष काउन्सिल अफ युरोपले मानव अधिकारका लागि उनको मेहनतको सम्मान गर्दै वाच्लाव हावेल मानव अधिकार पुरस्कार दिएको थियो ।

यही वर्ष जेनेभा समिट फर ह्युमन राइट्सले उनलाई र गोन्जालेजलाई करेज अवार्ड दिएको छ ।

उनले सन् २०१८ बीबीसी सम्मानमा पाएकी थिइन् । बीबीसीले उनलाई विश्वका १०० सबैभन्दा प्रभावशाली महिलाहरूमा समावेश गरेको थियो ।

मचाडो सन् २०२४ को चुनावअघि विपक्षकी राष्ट्रपति उम्मेदवार थिइन्, तर भेनेजुएला सरकारले उनको उम्मेदवारी रद्द गर्‍यो । त्यसपछि उनले अर्को पार्टीका प्रतिनिधि एडमन्डो गोन्जालेज उर्रुतियालाई समर्थन गरिन्। यसलाई अन्तर्राष्ट्रिय समर्थन पनि प्राप्त भयो।

भेनेजुएलामा मचाडो समर्थक पार्टीले स्पष्ट जित हासिल गर्‍यो, तर शासनले चुनाव परिणाम स्वीकार गरेन र सत्तामा कब्जा जमाइ रह्यो ।

मचाडो संसारमा पहिलो पटक तब चर्चामा आइन् जब उनले भेनेजुएलाका तत्कालीन राष्ट्रपतिको भाषण रोकिदिएकी थिइन्। यो घटना जनवरी १४, २०१२ को हो। चाभेज संसदमा ९ घण्टा ४५ मिनेटको भाषण दिइसकेका थिए। त्यही बेला मचाडोले चिच्याउँदै उनलाई ‘चोर’ भनिन् र मानिसहरूको जफत गरिएको सम्पत्ति फिर्ता गर्न माग गरिन्।

यसको जवाफमा चाभेजले उनी बहस गर्न योग्य नभएकोले बहस नगर्ने बताए। यो घटना देशभर चर्चाको विषय बन्यो र मचाडोलाई एक साहसी विपक्षी नेताको रूपमा स्थापित गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?