+
+
Shares

च्याम्पियन्स लिग फुटबल : रियलमाथि म्यान्चेस्टर सिटीको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते ७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपियन च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटीले रियल मड्रिडलाई २-१ ले पराजित गरेको छ।
  • सिटीका निको ओ'रिली र एर्लिङ हालान्डले गोल गरे भने रियलका रोड्रिगोले एक गोल गरे।
  • सिटीले ६ खेलमा १३ अंकसहित चौथो स्थान ओगटेको छ र रियल १२ अंकसहित सातौं स्थानमा छ।

२५ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले स्पेनी महारथी क्लब रियल मड्रिडलाई पराजित गरेको छ ।

रियलकै मैदानमा भएको खेलमा सिटी पुनरागमन गर्दै २-१ ले विजयी भएको हो । सिटीको जितमा निको ओ’रिली र एर्लिङ हालान्डले गोल गरे । रियलका रोड्रिगोले एक गोल गरे ।

खेलका सबै गोल पहिलो हाफमै भए । दोस्रो हाफमा कुनै गोल भएनन् । सुरुवाती अग्रता पनि रियलले नै लिएको थियो ।

२८औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा ओ’रिलीले बराबरी गोल फर्काए ।

४३औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रतामा ल्याए । त्यसपछि दोस्रो हाफमा कुनै गोल भएनन् र सिटी २-१ ले विजयी भयो ।

जितपछि ६ खेलमा १३ अंक भएको सिटी चौथो स्थानमा उक्लिएको छ भने रियल १२ अंकसहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?