+
+
Shares

प्रतिनिधिसभा चुनाव : महोत्तरी-४ बाट प्रचण्डको नाम पहिलो नम्बरमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते २०:२७
फाइल तस्वीर

८ पुस, जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी क्षेत्र नम्बर-४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस भएको छ।

क्षेत्रीय भेलाले प्रत्यक्षतर्फको उम्मेदवारका लागि प्रचण्डसहित दुई जनाको नाम सिफारिस गरेको हो ।

पहिलो नम्बरमा प्रचण्ड र दोस्रो नम्बरमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका भरतप्रसाद साहको नाम सिफारिस गरेको क्षेत्रीय समितिले जनाएको छ ।

यस्तै समानुपातिकतर्फ अरबिन्द दास लगायत पाँच जनाको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभातर्फ राजेन्द्रप्रसाद साहसहित ४ जनाको नाम सिफारिस भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?