News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीमा पुस १४ गतेदेखि एक हप्तासम्म नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता हुँदैछ।
- प्रतियोगितामा १२८ जना खेलाडी सहभागी हुनेछन् र विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
- प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
२२ मंसिर, बुटवल । नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस दोस्रो सातादेखि बुटवलमा नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता हुने भएको छ ।
बुटवलस्थित खस्यौली स्नूकर क्लबमा पुस १४ गते देखि एक हप्तासम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रतियोगितामा रुपन्देही जिल्लाका १ सय २८ जना खेलाडीहरुबिच प्रतिस्पर्धा हुने संघका अध्यक्ष सुजन पुनले बताए ।
प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा हाइएस्ट स्कोररले २० हजार,उदियमान खेलाडी र अनुसासित खेलाडीले ५/५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने छन् ।
स्नूकरको जिल्लास्तरीय प्रतियोगिताको विजेताले पाउने यो राशी हालसम्मकै सर्वाधिक भएको अध्यक्ष पुनले बताए ।
१५ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाको मुख्य आर्थिक सहयोग हुने संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ५ वटा उपसमिति गठन गरेर तयारी अघि बढाइएको क्षेत्रीले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समिति संयोजक बोनिन पियाले रुपन्देही जिल्ला स्नुकर खेलको हबको रुपमा विकास भएको उल्लेख गर्दै हरेक वर्ष प्रतियोगिता हुंदा खेलाडीलाई प्रोत्साहन हुने बताए ।
प्रतिक्रिया 4