+
+
Shares

वर्डक्याम्प नेपाल २०२६ बुटवलमा, के के छन् अवसरहरू ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्डक्याम्प नेपाल २०२६ बुटवलमा ७ र ८ मंसिरमा दुई दिनसम्म आयोजना हुँदैछ जसले मोफसलमा वर्डप्रेस ज्ञान र अवसरहरू पुर्‍याउने उद्देश्य राखेको छ।
  • कार्यक्रमले वेबसाइट निर्माण, सामग्री व्यवस्थापन र ई-कमर्समा वर्डप्रेसको भूमिका र नेपालको डिजिटल अर्थतन्त्रमा योगदानबारे जानकारी दिनेछ।
  • पहिलो दिन वर्डप्रेस प्रोजेक्टमा योगदान र दोस्रो दिन विशेषज्ञ वक्ता, प्यानल छलफल र कार्यशालाहरू सञ्चालन गरिने आयोजकले बताएको छ।

७ मंसिर, बुटवल । मोफसलमा पनि वर्डप्रेसको ज्ञान र अवसरहरू पुर्‍याउने उद्देश्यले वर्डप्रेस सम्मेलन ‘वर्डक्याम्प नेपाल २०२६’ यस वर्ष बुटवलमा आयोजना गरिएको छ ।

आज (आइतबार) बाट मणिग्राम विश्राम बाटिकामा आयोजना हुने यस कार्यक्रम दुई दिनसम्म चल्नेछ । प्रविधि र व्यापारको केन्द्रका रूपमा उदाउँदै गरेको लुम्बिनीलाई वर्डक्याम्प नेपाल २०२६ का लागि छनोट गरिएको आयोजकले जनाएको छ ।

वेबसाइट निर्माण, सामग्री व्यवस्थापन र ई-कमर्स समाधानमा महत्त्वपूर्ण भूमिका खेलिरहेको वर्डप्रेसको माध्यमबाट नेपालको बढ्दो डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउन कार्यक्रमले भूमिका खेल्ने आयोजकले बताएको छ।

भैरहवा र लुम्बिनी जस्ता महत्वपूर्ण स्थानको नजिकै रहेको बुटवलको छनोटले तराई क्षेत्रका साथै अन्य ठाउँबाट पनि सहभागीहरूलाई आकर्षित गर्ने आयोजकको विश्वास छ । आध्यात्मिक परम्परा, प्राकृतिक सौन्दर्य, भ्यू-प्वाइन्ट र पार्कहरूले भरिपूर्ण बुटवल, वर्डक्याम्प नेपाल २०२६ को लागि उत्कृष्ट पृष्ठभूमि बन्ने आयोजकले जनाएको हो।

कार्यक्रममा के हुन्छ ?

वर्डक्याम्प नेपाल २०२६ ले विगतका सफल कार्यक्रमहरूको विरासतलाई निरन्तरता दिँदै सिक्ने, नेटवर्क बनाउने र समुदाय निर्माण गर्ने अवसर प्रदान गर्नेछ।

आइतबार वर्डप्रेस प्रोजेक्टलाई योगदान दिनेगरी कार्यक्रम राखिएको छ । विभिन्न टिममा सहभागी भई सहयोग र सिकाइ विस्तार गर्ने कार्यसूचि रहेको छ ।

दोस्रो दिन भने विशेषज्ञ वक्ता, प्यानल छलफल र व्यवहारिक कार्यशालाहरू आयोजना गरिने आयोजकले जनाएको छ । सोमबार वर्डप्रेस सम्बन्धी नयाँ प्रवृत्ति, उत्तम अभ्यास र नवीनतम जानकारीहरू बारे सिक्न पाइनेछ ।

वर्डक्याम्प नेपाल २०२६ ले नेपालभरिका वर्डप्रेस प्रेमीहरू, डेभलपर, डिजाइनर, कन्टेन्ट क्रिएटर र प्रयोगकर्ताहरू सहभागी हुनेछन् । ज्ञान बाँड्न, विचार साट्न र नयाँ सहकार्यको सुरुवात गर्न यो उत्कृष्ट अवसर हुने आयोजकले जनाएको छ ।

यसमा सहभागी भएर वर्डप्रेससँग सम्बन्धित नयाँ जानकारी र प्रविधिको विकासबारे बुझ्न सकिने, नेपाल र अन्तर्राष्ट्रिय वर्डप्रेस समुदायसँग नेटवर्क निर्माण गर्न पाइने र आफ्नो करियरका लागि नयाँ अवसरहरूको खोजी गर्न सकिनेछ।

कार्यक्रममा वर्डप्रेसको इकोसिस्टममा भइरहेका नवीनतम गतिविधिहरू बारे पनि कार्यक्रममा जानकारी दिइनेछ ।

सहभागिताका लागि अनलाइन रजिस्ट्रेसन खुला भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?