+
+
Shares

बुटवलमा पनि जेनजीको प्रदर्शन- ‘मलाई बोल्न दे सरकार’ (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ९:५६

२३ भदौ बुटवल । सामाजिक सञ्जाल बन्दविरुद्ध बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् ।

बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायतका नारा लगाएका छन् ।

प्रदर्शनमा काठमाडौंका मेयर बालेन शाहका निकट सन्तोष गिरी लगायतका युवाहरू अग्रभागमा रहेर नाराबाजी गरेका छन् ।

काठमाडौंको माइतीघरमा पनि युवाहरूले प्रदर्शन गरिरहेका छन् । काठमाडौं बाहिर अन्य स्थानमा पनि प्रदर्शन गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?