+
+
Shares

रेडिटमा सामाजिक सञ्जाल बन्दको हल्लीखल्ली, २३ भदौमा विरोध प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जालहरूमा बिहीबारदेखि प्रतिबन्ध लगाएको छ।
  • रेडिटमा जोडिएका युवाहरूले ८ सेप्टेम्बरमा भ्रष्टाचार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने योजना बनाएका छन्।
  • प्रदर्शन बिहान ९ बजे संसद भवनअगाडि, पोखरामा सभाहलअगाडि र अन्य शहरका सरकारी कार्यालयअगाडि हुने बताइएको छ।

२० भदौ, काठमाडौं । सूचीकरण नगरेका भन्दै बिहीबारबाट नेपाल सरकारले थुप्रै सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको छ । यसकै मध्येको एक हो रेडिट ।

रेडिटमा जोडिका युवाहरूले सरकारको विरोधमा प्रदर्शन गर्ने भएका छन् । नेपाल सोसल, नेपाल जस्ता कम्युनिटीमा जोडिएका युवाहरूले ८ सेप्टेम्बरमा भष्ट्रचार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने बताइरहेका छन् ।

विभिन्न पोस्ट अनुसार त्यो दिन बिहानको ९ बजे संसद भवनअघि प्रदर्शन हुनेछ । पोखरामा सभाहलअघि र अन्य शहरहरूमा विभिन्न सरकारी कार्यालयअघि प्रदर्शन गर्ने भनिएको छ।

धेरैले रेडिटलाई वैकल्पिक सामाजिक सञ्जालको रूपमा लिन्छन् । बढी जसो युवापुस्ताले चलाउने रेडिटमा गुपचुप तरिकाले पोस्ट गर्न, कमेन्ट गर्न सकिन्छ ।

यही प्रकृतिको इन्डोनेसिया र फिलिपिन्सबाट उदाइरहेको भष्ट्रचार विरुद्धको आन्दोलनको पनि अहिले रेडिटमा व्यापक चर्चा छ । धेरै नेपाली प्रयोगकर्ताहरूले यसै गरी अहिले विभिन्न राजनीतिज्ञहरू, उनीहरूका सन्तानहरूको विलासी जीवनबारे उजागर गरिरहेका छन् ।

त्यस्तै फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध गरेकोमा रेडिटमा युवाहरूले आक्रोश पोखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?