News Summary
Generated by OK AI. Editorially reviewed.- लियोनेल मेस्सीले १९ भदौमा अर्जेन्टिनाको लोला मेम्ब्रिभ्स थिएटरमा साथी निको भास्केजको नाटक 'रकी' हेर्न गएका थिए।
- मेस्सीले स्टेजमा चढेर भास्केजलाई आफू थिएटरमा आउने वाचा पूरा गरेको बताए।
- उनको भ्रमण गोप्य राखिएको थियो र थिएटर बाहिर प्रशंसकहरूको भीडले सडक जाम समेत भएको थियो।
१९ भदौ, अर्जेन्टिना । यो मंगलबार लियोनेल मेस्सी आफ्ना साथी निको भास्केजको नाटक ‘रकी’ हेर्न अचानक लोला मेम्ब्रिभ्स थिएटरमा पुगे । उनको त्यो थिएटर भ्रमण अविस्मरणीय बन्न पुग्यो ।
मिडिया रिपोर्टका अनुसार थिएटरभित्र करिब एक हजार मानिसहरू थिए । तर मेस्सीलाई स्टेजमा नबोलाइएसम्म मेस्सी दर्शकदीर्घामै छन् भन्ने कसैलाई थाहा थिएन । तर जसै उनी स्टेजमा चढे, त्यहाँको माहोल हेर्न लायक थियो । किनकि उनी नाटकका कलाकारसँग भेट्न ब्याकस्टेजमा गएका थिए ।
जानकारीमा आएअनुसार मेस्सीको त्यो भ्रमण पहिल्यै नै तय भइसकेको थियो । विश्वकप छनोट अन्तर्गत भेनेजुएलाविरुद्धको खेलका लागि तयारीमा रहेका उनी निकै व्यस्त हुँदाहुँदै पनि परिवारसँग त्यहाँ पुगेका थिए । त्यसैअनुसार सुरक्षा व्यवस्था मिलाइएको थियो । तर उनको भ्रमण गोप्य राखिएको थियो ।
तर कालो ज्याकेट र कालै पाइन्टमा सजिएका उनी स्टेजमा अलि असहज देखिए । कारण, प्रशंसकहरूको ठूलो भीड हुनु हो । त्यो माहोल इन्टरनेटमा तुरुन्त भाइरल पनि बन्यो । अनि थिएटर बाहिर प्रशंसकहरूको भीडले सडक जाम र अस्तव्यस्तता पनि भएको थियो ।
स्टेजमा उनले कुरा गर्दै आफ्ना लागि त्यो क्षण विशेष भएको बताए । भास्केजलाई आफू थिएटरमा आउने वाचा गरेको र त्यो बाचा पूरा गरेको मेस्सीले बताए । यसमा नाटकमा भास्केजले एक बक्सरको पात्रको अभिनय गरेका थिए ।
समर्थकहरूका लागि विश्वका महान् फुटबलरलाई मैदानबाहिर आफ्नो साथीलाई सहयोग गरिरहेको देख्नु आफैंमा दुर्लभ र मार्मिक क्षण थियो । भास्केजका लागि पनि यो भावनात्मक रात थियो । किनकि विश्वकै महान् हस्तीले प्रसिद्धिलाई भुलेर मित्रतालाई बढी महत्त्व दिन्छन् भन्ने पुष्टि भएको थियो ।
प्रतिक्रिया 4