
News Summary
Generated by OK AI. Editorially reviewed.- उसले आफ्नो वरिपरिका सबै कुरा व्यवस्थित राख्न मन पराउँछिन् र टेबलमा छरिएका पुस्तकहरू र ओछ्यानमा छरिएका लुगाफाटा समेटिरहन्छिन्।
उसलाई सबै कुरा व्यवस्थित चाहिन्छ
समेटिरहन्छे ऊ-टेबलमा छरिएका पुस्तक
ओच्छ्यानमा छरिएका लुगाफाटाः
तौलिया, मोजा, गम्छा, टोपी
काटिरहन्छे बारीमा यत्रतत्र उम्रिएका घाँस
छाँटिरहन्छे निलकाँडा र अशोक
सलक्क पारेर मिलाऊ भन्छे सर्टको कलर
र घाँटीमा झुन्डिएको टाइ
तर असरल्ल पारिदिन्छे औँला घुसार्दै मेरो कपाल
भन्छे यो संसारमा नसमेटी छोडेको
उसलाई प्रिय लाग्ने
एक मात्र कुरा हो-
मेरो घुँगुरिएको कपाल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4