
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ध्वनि प्रदूषण नियन्त्रणका लागि राति र बिहान छिमेकीलाई बाधा नपार्न उर्दी जारी गरेको छ।
- प्रहरीले लाउड स्पिकरमा संगीत नबजाउन, ठूलो आवाजमा फोनमा कुरा नगर्न र प्रेसर कुकरको सिट्ठी नबजाउन अनुरोध गरेको छ।
- ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । राति अबेर वा बिहान उज्यालो नहुँदै छिमेकीले गर्ने हल्लाबाट पीडित हुनुहुन्छ भने चिन्ता नगर्नुहोस् । अब नेपाल प्रहरीले त्यस खालका गतिविधिलाई नियन्त्रण गर्ने भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गरी छिमेकीलाई समस्या पर्ने गरी ध्वनि प्रदूषण हुने खालका गतिविधि नगर्न आग्रह गरेको छ ।
राति भएपछि वा बिहान सबेरै लाउड स्पिकरमा संगीत नबजाउन, पार्टी वा जमघट गरी धेरै ठूलो आवाज निकाली छिमेकीलाई बाधा नपार्न प्रहरीको अनुरोध छ ।
साथै ठूलो स्वरमा फोनमा कुरा नगर्न, प्रेसर कुकरमा सिट्ठी नबजाउन, ठूलो स्वरमा खोक्ने, खकार्ने नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।
घरको गेट खोल्दा, शौचालय फ्लस गर्दा, भाँडाकुडाहरु चलाउँदा समेत छिमेकीलाई डिस्टर्ब हुने गरी ठूलो आजाव निकाल्न नहुने प्रहरीले भनेको छ ।
ध्वनी प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक भएकाले ध्वनी प्रदूषण रोक्न यस खालका नियम पालना गर्न अनुरोध गरिएको प्रहरीको भनाइ छ ।
ध्वनि प्रदूषणले विशेष गरी गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालवालिको मानसिक स्वास्थ्यमा बाधा पुर्याउँछ ।
साथै रातिमा हुने हुने प्रदूषणले वृद्ध, बालबालिकाका साथै सबै उमेरका व्यक्तिको निद्रामा बाधा पुर्याउँछ । पर्याप्त निद्रा नपुग्दा विभिन्न मानिसक र शारीरिक स्वास्थ्य समस्याहरू देखापर्छन् ।
ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4