+
+
Shares

नुवाकोटको पहिरो प्रभावित बस्तीमा वाईसीएलको राहत

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १०:२४

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले नुवाकोटको सूर्यगढी गाउँपालिका वार्ड–१ अन्तर्गत बुलबुले, काउले र सेम्राङका पहिरो प्रभावित बस्तीमा राहत सामग्री वितरण तथा श्रमदान गरेको छ ।

पार्टीका नेता तथा कार्यकर्ताहरुको सहयोगमा प्रभावित परिवारलाई त्रिपाल, खानेपानी जार, लत्ताकपडा, ब्ल्याङ्केट, म्याट्रेस सहित नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको वाईसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीले जानकारी दिए ।

साथै, पहिरोका कारण बस्ती–बस्तीबीच आवतजावतमा समस्या भएको ठाउँमा श्रमदानमार्फत गोरेटो बाटो निर्माण गरी आवागमन सहज बनाउन सहयोग पनि गरिएको अध्यक्ष ओलीले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीसहित पदाधिकारीहरू, वाईसीएल नेपालका बागमती प्रदेश अध्यक्ष नरेश रञ्जितसहित पदाधिकारीहरु, वाईसीएल नुवाकोटका अध्यक्ष जलन गजुरेल, वडा सरकार, वडा पार्टी कमिटी, स्थानीय बासिन्दा लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?