+
+
Shares

वाईसीएलको नयाँ कार्यसमिति पदाधिकारीसहितले गरे शपथ बहिष्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्लाका केही प्रतिनिधिले नयाँ वाईसीएल कार्यसमितिको शपथ बहिष्कार गरेका छन्।
  • शपथ बहिष्कारमा सचिवसहित केही पदाधिकारी र निर्वाचन आयोग प्रमुख पनि सहभागी भएका छैनन्।
  • बहिष्कारको कारण नाम नआएको र शुल्क लिइए पनि नाम नआएको उल्लेख गरिएको छ।

२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन (वाईसीएल) को नयाँ कार्यसमितिप्रति काठमाडौं जिल्लाका केही प्रतिनिधिले असन्तुष्टि जनाउँदै शपथ बहिष्कार गरेका छन् ।

नयाँ कार्यसमितिका २ सचिवसहितले शपथ ग्रहण समारोह बहिष्कार गरेका हुन् । नयाँ कार्यसमितिको सचिवमा निर्विरोध परेका सन्तोष गुरुङ, राज प्याकुरेलले शपथ बहिष्कार गरेका हुन् ।

त्यस्तै, निर्वाचन आयोग प्रमुख विमल प्रसाद कँडेल लगायतले बहिष्कार गरेका हुन् ।

केन्द्रीय कमिटीका लागि नोमिनेशन भएका ७ जनाको शुल्क लिएर पनि नाम नआएको भन्दै ७ जनाले बहिष्कार गरेको केन्द्रीय पदाधिकारी विनोद भट्टले जानकारी दिए ।

भट्टका अनुसार, उनीसहित सुरेन्द्र दाहाल, विजय विश्वकर्मा र सुवास क्षेत्रीले पनि बहिष्कार गरेका छन् ।

केन्द्रीय कार्यालयमा अहिले छलफलका लागि बोलाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?