+
+
Shares

पोर्चुगलको लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते ६:४८

१९ भदौ, काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको ग्लोरिया फ्युनिकुलर रेल लिकबाट उछिट्टिएर एक भवनमा ठोक्किएको थियो । यो घटना स्थानीय समय अनुसार बुधबार बेलुकी भएको थियो ।

फ्निकुलर रेल ढलानवाला सडकमा तलमाथि चल्दछ । त्यसको सपोर्टिङ केबल भाँचिएपछि लिक छाडेको र दुर्घटना भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

दुर्घटनाको फोटो र भिडियोमा रेलको डिब्बा पूर्णरुपमा क्षतिग्रस्त भएको देखिन्छ । त्यसलाई पन्छाएर आपतकालीन सेवाका सदस्यहरुले उद्धार गरेका थिए ।

घाइते र मृतकको पहिचान हुन बाँकी छ । सो दुर्घटनामा विदेशी नागरिक पनि परेको अनुमान छ ।

पोर्चुगलका राष्ट्रपति रेबेलो डी सुजाले घटनाप्रति दु:ख व्यक्त गर्दै दुर्घटनाको जाँच गर्न निर्देशन दिएका छन् ।

लिस्बनका मेयर कार्लोस मोयदासले लिस्बन शोकमा रहेको बताएका छन् । दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै उनले भनेका छन्,  ‘हाम्रो शहरका लागि यो निकै दु:खद दिन हो । यो त्रासदीका कारण लिस्बन शोकमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?