+
+
Shares

भारतले भूमि मिचेको सवाल एमालेको दस्तावेजमा पनि समेटियो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १५:५३

२० भदौकाठमाडौं । नेकपा एमालेले भारतले नेपाली भूमि मिचेको सन्दर्भ पार्टीको दस्तावेजमा पनि समावेश गरेको छ ।

गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भारतले सुगौली सन्धि विपरीत नेपाली भूमिमा नियन्त्रण जमाएको उल्लेख छ ।

दस्तावजेको राष्ट्र शीर्षकमा अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसा कोइरालाले नेपालको उत्तरी सीमामा १७ वटा भारतीय सैन्य चेक पोष्ट राख्न सहमति गरेको सन्दर्भ उल्लेख गरिएको छ । नेपालको जलसम्पदामा नेपालको राष्ट्रिय हितलाई आघात पुर्‍याउने कामहरू गरिए,’ अगाडि भनिएको छ ।

नेपालको पश्चिम सिमाना महाकाली हुने गरी भएको सुगौली सन्धिको स्पष्ट व्यवस्थाका विपरीत आज महाकालीको मुहान यतापट्टिका लिम्पियाधुरालिपुलेक र कालापानी (करिब ३९६ वर्ग कि.मि.) क्षेत्र भने भारतको नियन्त्रणमा रहेको छ,’ दस्तावेजमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?