+
+
Shares

रूसी राष्ट्रपति पुटिन आज भारत आउँदै, ‘हाई अलर्ट’मा सुरक्षा अंग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ९:२९

१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज (बिहीबार) भारत भ्रमणमा आउँदै छन् । उनी दुई दिवसीय भ्रमणका लागि भारत आउन लागेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिन बिहीबार भारतीय समयअनुसार अपराह्न ४ बजे नयाँ दिल्ली पुग्दैछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका छ ।

पुटिनको भ्रमणलाई मध्यनजर गरी भारतको सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै सुरक्षा अंगहरुलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।

‘पुटिनको आगमनदेखि फिर्ता हुनेसम्म सुरक्षा एजेन्सीहरूले हरेक गतिविधि निगरानी गर्ने छन्,’ नवभारत टाइम्समा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?