+
+
Shares

ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाउँदा ह्वाइट हाउससँगै पुटिन पनि रुष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते ८:४०

२५ असोज, काठमाडौं । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार प्रदान गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेवास्ता गरेको भन्दै ह्वाइट हाउसले शुक्रबार नर्वेको नोबेल समितिको आलोचना गरेको छ ।

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले भने, ‘नोबेल समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको प्रमाणित गरेको छ ।’

चेउङले भने, ‘राष्ट्रपति ट्रम्पले निरन्तर शान्ति सम्झौता गर्नुहुनेछ,  युद्ध अन्त्य गर्नुहुनेछ र मानिसको ज्यान बचाउनु हुनेछ। उहाँसँग मानवतावादीको हृदय छ, र उहाँ जस्तो कोही पनि हुनेछैन, जसले आफ्नो इच्छाको बलमा ‘समस्याका पहाड’हरू हटाउन सक्छ ।’

जनवरीमा आफ्नो दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा फर्केपछि ट्रम्पले बारम्बार उनी धेरै द्वन्द्वहरू समाधान गर्ने भूमिकाका लागि नोबेल पुरस्कारको हकदार भएको बताउँदै आएका थिए ।

ट्रम्पले शान्ति पुरस्कारको घोषणाको पूर्वसन्ध्यामा आफुलाई पुरस्कारको हकदारको रूपमा दावी गर्दै हप्ता गाजामा युद्धविरामको पहिलो चरणको मध्यस्थता उनले समाप्त गरेको आठौं युद्ध थियो।

 उनले बिहीबार भने, ‘उनीहरूले जे गरे पनि ठीक छ। मलाई यो थाहा छः मैले यो पुरस्कारका लागि मात्र गरेको होइन। मैले धेरै जीवन बचाएको छु।’

ओस्लोमा नोबेल पुरस्कार विशेषज्ञहरूले ट्रम्पको ‘अमेरिका पहिलो’ नीति अल्फ्रेड नोबेलको सन् १८९५ मा स्थापना गरिएको शान्ति पुरस्कारको आदर्शको विपरीत रहेको बताएका र पुरस्कारका लागि उनलाई कुनै अवसर नभएको बताएका थिए ।

पुटिन पनि आक्रोशित

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार नदिएकोमा असन्तोष व्यक्त गरेका छन्। उनका अनुसार ट्रम्पले विश्वशान्तिका लागि धेरै काम गरिरहेका छन्।

ताजिकिस्तान भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले भने, ‘नोबेल समिति अब विश्वसनीय रहेकी छैन। यसअघि पनि यस्ता धेरै उदाहरण छन् जहाँ यो पुरस्कार त्यस्ता व्यक्तिहरूलाई दिइयो, जसले शान्तिका लागि केही गरेका नै थिएनन्। यसले पुरस्कारको प्रतिष्ठा घटाएको छ।’

नाम नलिएर उनले थपे, ‘पुरस्कार त्यस्ता व्यक्तिहरूलाई दिइन्छ, जो केही महिनामै देखा परेर हराउँछन्।’

यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया माचाडोलाई प्रदान गरिएको छ। उनले भेनेजुएलामा लोकतान्त्रिक अधिकारहरूको प्रवर्द्धन र तानाशाहीबाट लोकतन्त्रतर्फको शान्तिपूर्ण रूपान्तरणका लागि २० वर्षदेखि निरन्तर संघर्ष गरेकी छन्।

(एएफपी लगायत एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?