+
+
Shares

ट्रम्पको जिकिर : ९ युद्ध रोकिसकेँ, अब रुस-युक्रेन युद्ध रोक्छु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म ९ वटा अन्तर्राष्ट्रिय द्वन्द्व अन्त्य गराउन भूमिका निर्वाह गरिसकेको दाबी गरेका छन्।
  • ट्रम्पले रुस-युक्रेन युद्ध रोक्न ९ देखि ११ मेसम्म तीन दिने युद्धविराम घोषणा गरेका छन्।
  • रुस र युक्रेनले एक-एक हजार कैदीहरूको आदानप्रदान गर्ने र युद्धविराम लम्ब्याउन सकिने ट्रम्पले बताए।

२६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म ९ वटा अन्तर्राष्ट्रिय द्वन्द्व अन्त्य गराउन भूमिका निर्वाह गरिसकेको दाबी गरेका छन्।

ट्रम्पका अनुसार, अब उनको प्रयास रुस-युक्रेन युद्ध रोक्ने हो र उनी यसलाई आफ्नो १०औँ शान्ति पहल बनाउन चाहन्छन्।

समाचार एजेन्सी एएनआईका अनुसार, ह्वाइट हाउसबाट भर्जिनिया प्रस्थान गर्नुअघि ट्रम्पले यो युद्ध दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक द्वन्द्व बनेको र हरेक महिना हजारौँ सैनिक मारिइरहेको बताए।

यसैबीच ट्रम्पले सामाजिक सञ्जालमा मे ९ देखि ११ सम्म रुस र युक्रेनबीच ३ दिने युद्धविरामको घोषणा गरेका छन्। उनले बताएअनुसार, यस अवधिमा दुवै देशले कुनै पनि प्रकारको सैन्य कारबाही गर्नेछैनन्। साथै दुवै पक्षले एक-एक हजार कैदीहरूको आदानप्रदान पनि गर्नेछन्।

ट्रम्पको दाबी अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनको अपिलमा युद्धविरामका लागि सहमति जनाएका छन्। उनले अवस्था ठीक रहेमा यो अस्थायी युद्धविरामलाई अझै लम्ब्याउन सकिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?