२३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताका लागि राजी नभए ठूलो बमबारी हुने बताएका छन् । बुधबार एक ट्रूथ सोसलमा एक अभिव्यक्ति सार्वजनिक गर्दै ट्रम्पले इरानले सम्झौता गरे युद्ध र नाकाबन्दी एकैसाथ सकिने र नभए ठूलो बमबारी हुने बताएका छन् ।
‘इरानसँगको युद्ध र नाकाबन्दी एक सम्झौतासँगै सकिनसक्छ,’ उनले लेखेका छन्, ‘तर, यदि इरान कुनै सम्झौतासँग राजी नभए बमबारी अझै तीव्र हुनसक्छ । दु:खको कुरा यो छ कि बमबारी पहिलेको भन्दा कैयौं गुणा ठूलो मात्रा र अझै तीव्र हुन्छ ।’
इरान सहमति बनेअनुसारको कुरा दिन तयार भए त्यो ‘निकै ठूलो कल्पना’ रहेको उनले बताएका छन् । त्यो भए ‘अपरेसन एपिक फ्युरी’ तत्काल समाप्त हुने उनले भनेका छन् ।
प्रतिक्रिया 4