+
+
Shares

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्ने पाकिस्तानको प्रस्ताव

‘यदि अमेरिका र इरान सहमत हुन्छन् भने पाकिस्तान तयार छ, र वार्ताको आतिथ्यता दिनमा सम्मानित पनि महसुस गर्नेछ । ताकि यो युद्धको पूरा र ठोस हल निकाल्न सकियोस् ’, प्रधानमन्त्री शरिफले भनेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते २१:०४

१० चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले युद्धरत अमेरिका र इरानबिचको वार्ताको मध्यस्थता गर्ने प्रस्ताव राखेका छन् । मंगलबार साँझ एक्समार्फत शरिफले दुवै देशसँग प्रस्ताव गरेका हुन् ।

‘पाकिस्तान मध्यपूर्वमा चलिरहेको युद्ध रोक्नका लागि भइरहेका वार्ताका कोसिसहरूको स्वागत गर्छ र पूरै स्वागत गर्दछ,’ प्रधानमन्त्री शरिफले लेखेका छन्, ‘यो शान्ति र स्थिरताका लागि जरुरी छ । यो क्षेत्रका लागि मात्र नभई बाहिरका लागि पनि अत्यन्त जरुरी छ ।’

यदि अमेरिका र इरान सहमत भए पाकिस्तान आतिथ्यता दिन तयार रहेको पनि प्रधानमन्त्री शरिफले बताएका छन् । ‘यदि अमेरिका र इरान सहमत हुन्छन् भने पाकिस्तान तयार छ, र वार्ताको आतिथ्यता दिनमा सम्मानित पनि महसुस गर्नेछ । ताकि यो युद्धको पूरा र ठोस हल निकाल्न सकियोस् ’, प्रधानमन्त्री शरिफले भनेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?