+
+
Shares
ओलीको प्रतिवेदन :

‘आफैंभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले लोकतन्त्रको अगुवाइ गर्न सक्दैन’

एमाले अध्यक्ष केपी शर्मा ओलीले जीवनभर जनताको बहुदलीय जनवादको आलोचना गर्ने, लोकतन्त्रीकरणका प्रश्नलाई खिसीटिउरी गर्ने र पायक पर्दा छनोटपूर्ण विषय उठाएर (सेलेक्टिभ ढङ्गले) बहस गर्नु उचित नहुने उल्लेख गरेका छन् । उनले भनेका छन्- कुनै पनि विषय अपरिहार्य, निर्विकल्प या हस्तान्तरण नहुने हुँदैन।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरण परिस्थिति र आवश्यकताको आधारमा हुने व्याख्या गर्दै प्रतिवेदन पेश गर्नुभएको छ।
  • ओलीले युवा पुस्ताको विकास र पुरानो पुस्ताको मार्गदर्शन एकआपसमा जोडिएका विषय भएको र यसलाई विभाजनकारी रुपमा हेर्नु नपर्ने धारणा राख्नुभएको छ।
  • पार्टीको लोकतन्त्रीकरणमा सिद्धान्त, विचार र नीतिनिर्माणमा व्यापक सहभागिता र बहुपद सामूहिक नेतृत्व आवश्यक रहेको ओलीले उल्लेख गर्नुभएको छ।

२० भदौ, काठमाडौं । पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक आचरणमा विद्यादेवी भण्डारी लगायतको समूहका नेताहरूले प्रश्न उठाइरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्रको विषयमा व्याख्या गर्दै प्रतिवेदन पेश गरेका छन् । उनले परिस्थिति र आवश्यकताको आधारमा नेतृत्व हस्तान्तरण हुने उल्लेख गरेका छन् ।

विधान महाधिवेशनमा शुक्रबार प्रतिवेदन पेश गर्दै उनले युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय भएको र यसलाई विभाजनकारी रुपमा हेर्न नहुने धारणा राखेका छन् । उनकै नेतृत्वको निरन्तरताको बारेमा पार्टीको एउटा कोणबाट प्रश्न उठिरहेका बेला ओलीले यसबारे महाधिवेशनमा नै सांकेतिक रुपमा धारणा राखेका हुन् ।

‘जीवनभर जनताको बहुदलीय जनवादको आलोचना गर्ने, लोकतन्त्रीकरणका प्रश्नलाई खिसीटिउरी गर्ने र पायक पर्दा छनोटपूर्ण विषय उठाएर (सेलेक्टिभ ढङ्गले) बहस गर्नु उचित हुँदैन। कुनै पनि विषय अपरिहार्य, निर्विकल्प या हस्तान्तरण नहुने हुँदैन। तर परिस्थिति, सन्दर्भ, आन्दोलनको आवश्यकता र समग्र आयामलाई हेरेर यसको निर्योल गरिनुपर्छ’ ओलीको प्रस्तावमा छ ।

पार्टी जीवनको लोकतन्त्रीकरण भनेको पार्टीको लक्ष्यसँग अविभाज्य ढङ्गले जोडिएको विषय भएको उनले उल्लेख गरेका छन् । ‘लक्ष्यबाट बहकिएको या त्यसलाई सघाउ नपुऱ्याउने खालको लोकतन्त्रीकरणको उपादेयता हुँदैन। लोकतन्त्र र अनुशासन अन्तरसम्बन्धित हुन्, निषेधकारी होइनन् । बहस र निर्णय कार्यान्वयन परिपूरक विषय हुन्, अन्तरविरोधी होइनन् । मूल नेतृत्व र पदाधिकारीहरू एउटा टिम हुन्, स्वयम्भू र स्वायत्त टापुहरू होइनन्’ ओलीले भनेका छन्,’युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय हुन्, विभाजनकारी होइनन् । त्यसैले यसलाई समष्टिमा हेर्नुपर्छ।’

उनले पार्टीका सबै प्रयासहरु पार्टीलाई एकताबद्ध बनाउन, जनतामा पार्टीको प्रतिष्ठालाई माथि उठाउन र गन्तव्यमा पुग्न सघाउने खालको हुनुपर्ने धारणा राखेका छन् । ‘आफैंभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले समाजमा पनि लोकतन्त्रको अगुवाइ गर्न सक्दैन भने हाम्रो स्पष्ट मान्यता छ’, उनले भनेका छन् ।

पार्टीको लोकतन्त्रीकरणको सार पार्टीका सिद्धान्त, विचार र नीतिनिर्माणमा पार्टी पङ्क्तिको व्यापक सहभागिता, एकै जना व्यक्तिमा सम्पूर्ण अधिकार केन्द्रित गर्ने ‘महासचिवीय ढाँचाको ठाउँमा बहुपद सहितको सामूहिक नेतृत्व, पदाधिकारीहरू सिधै महाधिवेशनप्रति उत्तरदायी हुने निर्वाचन प्रणाली रहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?