+
+
Shares
एमाले विधान महाधिवेशन :

गोदावरीमा एमालेको सांस्कृतिक झाँकी (तस्वीरहरू)

नेकपा एमालेले विधान महाधिवेशनस्थल गोदावरीमा परम्परागत साँस्कृतिक विविधताका साथै आधुनिक प्रविधिसमेत प्रदर्शन गरेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ भदौ २० गते ११:४४

२० भदौ, काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल छ ।

विधान महाधिवेशनमा सहभागीहरुको  स्वागतमा एमाले कार्यकर्ताहरु साँस्कृतिक झाँकीसहित उपस्थित भएका छन् । उनीहरु हिमाल, पहाड, तराई र पूर्वदेखि पश्चिमसम्मका मौलिक भेषभूषामा सजिएका छन् ।

सारंगी, ढोलसहितका परम्परागत बाजा र सांस्कृतिक पहिरनसहित उनीहरु उपस्थित छन् । त्यहाँ नेपालको सांस्कृतिक विविधता देखिन्छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा एमालेले दोस्रो विधान महाधिवेशन आयोजना गरेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन स्थल गोदावरी सनराइज सभाहलतिर अहिले सातदोबाटोबाट प्रतिनिधि, पर्यवेक्षक, पार्टी शुभचिन्तकहरु आउनेक्रम जारी छ ।

दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहने छन् । स्वयंसेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ ।

गोदावरीको मूल सडकदेखि सभा हलको प्रवेशद्वारसम्म प्रतिनिधि, पर्यवेक्षक, सर्वसाधारणलाई स्वयंसेवकहरूले व्यवस्थित गरिरहेका छन् ।

प्रतिनिधि, पर्यवेक्षक, सञ्चाकर्मी र सर्वसाधारणको सवारी साधारणका लागि मूल सडक छेउमै पार्किङको व्यवस्था मिलाइएको छ ।

स्वयंसेवक, प्राविधिकहरुको कार्ड स्क्यान कार्य सुरु भइसकेको छ । प्रतिनिधि, पर्यवेक्षकका लागि गेटभित्र छिर्ने प्रक्रिया खुला भइसकेको छैन । सञ्चारकर्मीहरुका लागि पर्खालसँगै जोडिएको मिडिया सेन्टर राखिएको छ ।

हलभित्र स्थायी, पोलिटव्युरो, केन्द्रीय सदस्य, आयोगका प्रमुख र प्रतिनिधिहरुका लागि प्रदेश अनुसारको सिट व्यवस्थापन गरिएको छ । हलभित्र सरसफाइ, सिट व्यवस्थापन, डिजिटल, सुरक्षा प्रबन्ध, प्राविधिक पक्षको परीक्षण भइरहेका छन् । हलभित्र उप महासचिव विष्णु रिमाल र मञ्च व्यवस्थापनका संयोजक पोलिटव्युरो सदस्य विनोद श्रेष्ठले नेतृत्व गरेका छन् ।

ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्सी व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ । मञ्चको दायाँ–वायाँ टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएको छ ।

त्यसका साथै मञ्चको वायाँतिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्विर राखिएको छ । दायाँतिर कार्ल मार्क्स, एङ्गेल्स र लेनिनको तस्विर राखिएको छ ।

मञ्चको शिरमा ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो महाधिवेशन लेखिएको छ । त्यसमाथि सर्वोच्च शिखर सगरमाथाको प्रतीक राखिएको छ । सगरमाथा माथि पार्टीको लोगो सूर्यभित्र हँसिया हथौडा र नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

प्रत्यक्ष प्रािरणसहित बाहिर मिडिया सेन्टरमा डिजिटल बोर्ड राखिको छ । हलको दायाँ–वायाँ झ्यालमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’को नारासहित दुईवटा ठूला डिजिटल बोर्ड राखिएको छ ।

v

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?