
२० भदौ, काठमाडौं । एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले समाजको वर्गको व्याख्या गर्दै तीन वर्ग छुट्याएका छन् । जसमा पाँच लाख माथि आम्दानी हुनेलाई उच्चवर्गमा परिभाषित गरिएको छ ।
वार्षिक डेढ लाखभन्दा कम आय हुने निम्न र पाँच लाखसम्म आय हुने मध्यम वर्गमा पर्नेछन् । निम्न वर्ग आधारभूत आवश्यकताबाटै बञ्चित रहेकाले यो वर्गको पक्षपोषण गर्नु पार्टीको मुख्य ध्यान हुनुपर्ने प्रस्ताव ओलीले गरेका छन् ।
उनले मध्यम वर्ग तुलनात्मक रुपमा सक्षम रहेको र परिवर्तनप्रति रुचि राख्ने खालको भएपनि अस्थिर रहेको उल्लेख गरेका छन् ।
पाँचलाख बढी आय हुने उच्च वर्गमा पर्ने ओलीले विश्लेषण छ । उनका अनुसार यस्तो वर्गमा पुँजी र प्रविधिका माध्यमबाट श्रमको शोषण गर्दै आर्थिक लाभ लिन दलाल-नोकरशाही पुँजीपति वर्ग समेत पर्छ ।
रोजगारी सिर्जना, राजस्व आपूर्ति, राष्ट्रिय पुँजी निर्माणमा यस वर्गको सकारात्मक योगदान हुने भए तापनि यसै वर्गभित्रका विभिन्न व्यक्तिहरु नै शोषण तथा उत्पीडनका मुख्य स्रोत हुने गरेको र प्राय परिवर्तन तथा अग्रगमनको सन्दर्भमा यो वर्ग विपक्षी कित्तामा रहने गरेको ओलीको विष्लेषण छ ।
ओलीको नजरमा को कुन वर्गमा ?
निम्न वर्ग
- वार्षिक आय प्राय: रु. १.५ लाखभन्दा कम भएको
- जमिन स्वामित्व १ हेक्टरभन्दा कम भएको वा भूमिहीन
- उद्यमशीलता, बैंक/वित्तीय लगानी, सामाजिक सुरक्षा न्यून वा हुँदै नभएको
- खाद्य, आवास, शिक्षा र स्वास्थ्यमा पहुँच सीमित रहेको
मध्यम वर्ग
- वार्षिक आय करिब रु. १.५-५ लाख हुने
- १-३ हेक्टर जमिनमाथि स्वामित्व भएको
- आधारभूत भौतिक, वित्तीय तथा बौद्धिक सम्पत्ति भएको
- उद्यमशीलता, उपभोग र आधुनिक प्रविधिमा पहुँच रहेको
उच्च वर्ग
- वार्षिक आय रु. ५ लाखभन्दा माथि भएको
- ३ हेक्टरभन्दा बढी जमिन वा शहरी जग्गा भएको
- बैंक, बीमा, उद्योग र व्यवसायमा ठूला लगानी भएको
- राज्यको नीति, स्रोत र शक्ति संरचनामा प्रभुत्व रहेको
प्रतिक्रिया 4