+
+
Shares

वैदेशिक रोजगारीले सांस्कृतिक विचलन बढायो : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १५:४४

२० भदौ, काठमाडौं । नेकपा एमालेले वैदेशिक रोजगारीले सांस्कृतिक विचलन बढाएको निष्कर्ष निकालेको छ ।

गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा वैदेशिक रोजगारीले सांस्कृतिक विचलन ल्याएको निष्कर्ष प्रस्तुत गरिएको हो ।

दस्तावेजमा वैदेशिक रोजगारीले ल्याएको सांस्कृतिक विचलनबारे विस्तृतमा व्याख्या भने गरिएको छैन ।

‘वैदेशिक रोजगारीले आर्थिक उत्थानसँगै सांस्कृतिक विचलन पनि ल्याएको छ’ दस्तावेजमा भनिएको छ, ‘आन्तरिक-बाह्य आप्रवासन, बजार अर्थतन्त्रको विस्तार, प्रविधिको सहज पहुँच र बढ्दो चेतनाले समाजलाई गतिशीलत बनाएको छ ।’

दस्तावेजमा अगाडि भनिएको छ, ‘यसले वर्गीय सम्बन्धमा नयाँ आयाम थपेको भए पनि उत्पादन, स्वामित्त्व र आय विवरणसम्बन्धी आधारभूत प्रश्नहरू अझै खुला छन् ।’

राजनीतिक प्रतिवेदनमा विप्रेषण र गरिबी बारे भनिएको छ:

– सन् २०२३ को सर्वेक्षण अनुसार ७६ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको (आन्तरिक या बाह्य) विप्रेषण आय गर्छन् ।

– औसत वार्षिक विप्रेषण आय रु. १ लाख ४५ हजार छ ।

– विप्रेषणले निरपेक्ष गरिबी (१९९६ को) ४२ प्रतिशत बाट २०२२ मा २०.३ प्रतिशत मा झार्न सघाएको छ ।

– विप्रेषण पनि गरिबको तुलनामा धनी परिवारले ३.३ गुणा बढी पाउने गरेको देखिन्छ, जसले वर्गीय भिन्नता कायम राख्छ ।

– निरपेक्ष गरिबीमा रहेका व्यक्तिहरू सूचनाको अभाव, खर्च व्यवस्थापनमा कठिनाइ र सिपका अभावमा बाह्य रोजगारीमा जान नसक्ने या गए पनि जोखिमपूर्ण काम गरन् बाध्य हुने अवस्था देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?