१७ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपाध्यक्ष पौडेलले एमाले जेनजीको जायज आकंक्षा र अपेक्षाका विरुद्ध कहिल्यै नरहेको र नरहने समेत स्पष्ट पारे ।
एमाले कहिल्यै जेनजीविरुद्ध नरहेको उनको भनाए थियो ।
नेता पौडेलले एमालेले सबै उमेर समूहका नागरिकहरूको प्रतिनिधित्व गरिरहेको जिकिर समेत गरे ।
उनले भने, ‘जेनजी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु । एमाले कहिल्यै पनि जेनजीका विरुद्धमा, जेनजीका मागका विरुद्धमा, उनीहरूका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा थिएन र रहँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु ।’
पौडेलले अगाडि भने, ‘जहाँसम्म २३ र २४ भदौको सन्दर्भ छ । २३ भदौमा जेनजीहरू जुन माग र मुद्दामा आएका थिए । उनीहरूले अघि सारेका माग चाहे सोसल मिडियाका कुरा गरौं । सोसल मिडिया निर्वाध उपयोग गर्ने उनीहरूको माग हो । सोसल मिडिया कसरी रेगलेट गर्ने भन्ने विषयमा जेनजीहरूले माग राखेका होइनन् । उनीहरूको एउटै माग हामीले त्यसलाई निर्वाध उपयोग गर्न पाउनुपर्छ भन्ने थियो । यो नितान्त जायज माग थियो उनीहरूको ।’
प्रतिक्रिया 4