+
+
Shares

ड्रोनबाट देखिएको काठमाडौंको जेनजी विद्रोह (तस्वीरहरू)

कमल प्रसाईं कमल प्रसाईं
२०८२ भदौ २३ गते ११:५२

२३ भदौ, काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले प्रदर्शनमा उत्रिएका छन् ।

स्वत:स्फूर्त रुपमा आज बिहानैदेखि काठमाडौंको माइतीघरमा जम्मा भएका उनीहरू ११ बजेपछि बबरमहल हुँदै नयाँबानेश्व पुगेका छन् ।

सडकका दुवै लेन ढाकेर प्रदर्शन गर्दै उनीहरु बानेश्वर पुगेका हुन् । निषेधित क्षेत्र भएकोले सुरक्षाकर्मीले उनीहरुलाई त्यहाँभन्दा अघि बढ्न दिएको छैन् ।

आन्दोलन घोषणा गर्दा जेनजीहरुले संसद भवन अगाडि पनि प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, उक्त क्षेत्र निषेधित गरिएकोले उनीहरुलाई अगाडि नै रोकिएको छ ।

प्रदर्शनका क्रममा जेनजीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, …स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

कतिपय युवाहरु कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् । पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् ।

हेर्नुहोस् ड्रोनबाट देखिएको जेनजीहरुको प्रदर्शन :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?