+
+
Shares

कृषि मन्त्रालयका सचिव भन्छन् : सरकारले कृषि अनुसन्धानका लागि बजेट अभाव हुन दिँदैन

कृषि अनुसन्धानका लागि ठोस प्रस्ताव आए सरकारले तत्काल बजेटको व्यवस्था गर्ने सचिव मिश्रको आश्वासन थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
  • सचिव मिश्रले कृषि अनुसन्धानका लागि ठोस प्रस्ताव आए सरकारले तत्काल बजेटको व्यवस्था गर्ने आश्वासन दिए।
  • सरकारले कृषि मन्त्रालयका रिक्त दरबन्दी पूर्ति र पुनर्संरचनाका लागि नीतिगत तथा कानुनी काम अघि बढाएको सचिव मिश्रले बताए।

२५ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने बताएका छन् ।

कृषि क्षेत्रमा बजेटको अभाव भइरहेका बेला उनले सो क्षेत्रका लागि सरकारले अब बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

शुक्रबार ललितपुरमा आयोजित नेपाल कृषि अनुसन्धान परिषद्को ३५औं वार्षिकोत्सव समारोहमा बोल्दै सचिव मिश्रले सरकारले कृषि अनुसन्धानको कामलाई प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गरे ।

कृषि अनुसन्धानका लागि ठोस प्रस्ताव आए सरकारले तत्काल बजेटको व्यवस्था गर्ने सचिव मिश्रको आश्वासन थियो ।

उनले बजेटको अभावमा रहेको कृषि अनुसन्धान सम्बन्धि कार्यक्रमलाई सरकारले कुनैपनि बेला बजेटको आवश्यक व्यवस्था मिलाउन सक्ने पनि बताए ।

सचिव मिश्रले भने, ‘रिक्त दरबन्दीहरू यो वर्षबाट सुरु हुन थालेका छन् । विनियम आएको छ । पुनर्संरचनाको काम सुरु भएको छ । ऐन संशोधनका लागि कार्यदल गठन भएको छ । र नेपाल सरकारले कृषि अनुसन्धानलाई असाध्यै प्राथमिकतामा राखेको छ ।’

सचिव मिश्रले सरकारले कृषि मन्त्रालय अन्तर्गतका रिक्त दरबन्दी पूर्ति हुनेगरी नीतिगत, कानुनी रूपमा आफना कार्यहरू अघि बढाएकाले जनशक्ति अभावको अवस्था आउन नदिने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?