+
+
Shares

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजबाट थालिने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १५:००

२५ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइको प्रक्रिया आजैबाट सुरु हुने भएको छ ।

संसदीय सुनुवाइका लागि आज (शुक्रबार) दिउँसो ४ बजेका लागि बैठक आह्वान भएको छ । सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बैठक बस्न लागेको हो ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची तय भएको छ । शर्मालाई हिजो (बिहीबार) बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको थियो ।

सिफारिस भएका ६ जनामध्ये चौथो नम्बरमा रहेका शर्मालाई नियुक्ति सिफारिस गरिएकोप्रति आलोचना समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?