२५ वैशाख, सल्यान । सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
फारुल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर शुक्रबार दिउँसो करिब १:३० बजे सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका–२ भुसखोलाका प्रदीप बिक गम्भीर घाइते भएका थिए । उनलाई उद्धार गरेर उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी दार्मा लगिएको थियो । तर स्वास्थ्यकर्मीले दिउँसो १:५० बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ट्याक्टरमा सवार १७ वर्षीय टेकबहादुर बिक र २२ वर्षीय विशाल बिक घाइते भएका छन् । टेकबहादुरको थुम्के सल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको र विशाललाई भने थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4