+
+
Shares

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा ट्याक्टर दुर्घटना हुँदा २५ वर्षीय लोकेन्द्र बोहराको मृत्यु भएको छ।
  • दुर्घटनामा चालकसहित दुई जना सवार थिए र चालक दानबहादुर धामी सुरक्षित छन्।
  • ट्याक्टर सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

६ वैशाख, दशरथचन्द (बैतडी) । बैतडीको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

यहाँको सिगास गाउँपालिका–८ लुपुणबाट  बझाङको देउलेखतर्फ जाँदै गरेको सपप्र ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिगास–८ टोलखेतका २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले ट्याक्टरमा चालकसहित दुई जना सवार रहेकामा बोहराको निधन भएको बताए ।

चालक सिगास गाउँपालिका–५ का अन्दाजी ३० वर्षीय दानबहादुर धामी आफूहरूको सम्पर्कमा रहेको उनले बताए ।

ट्याक्टर सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?