२६ वैशाख, सल्यान । सल्यानको बागचौर नगरपालिका-१० भाटबिटेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिबार बिहान भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे१त २०९० नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक शारदा नगरपालिका-१३ निवासी अन्दाजी २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4