+
+
Shares

हुम्लामा वर्षा र हिमपात

हुम्लाको उतरी नाम्खा गाउँपालिकाकाे विभिन्न स्थानमा हिमपात भएकाे छ।

नरजन तामाङ नरजन तामाङ
२०८२ चैत ६ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिकाका विभिन्न उच्च स्थानमा हिमपात भएको छ भने दक्षिणी क्षेत्रमा वर्षा भएको छ।
  • नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले हिमपातले हिउँ जम्न थालेको र चिसो बढेको जानकारी दिए।
  • हिमपात र वर्षाले हुम्लाका कृषकलाई राहत पुगेको र नेपालगञ्जबाट नियमित हवाइ उडान प्रभावित भएको छ।

६ चैत, हुम्ला । हुम्लाको उतरी नाम्खा गाउँपालिकाकाे विभिन्न स्थानमा हिमपात भएकाे छ।

दक्षिणी क्षेत्र अन्तर्गत सर्केगाड,चंखेली,अदानचुली, ताँजाकाेट लगायत स्थानमा भने वर्षा भएकाे छ।

उच्च स्थान नाम्खा गाउँपालिकाका चाला, यारी,याल्वाङ, मुचु, हिल्सा,लिमिका तिल,जाङ, हल्जी, केर्मी, हेप्का र ताङ्गिन लगायतका स्थानमा हिमपात भएकाे छ  । सदरमुकाम सिमकाेटका उच्च स्थानमा पनि हिमपात भएकाे छ।

नाम्खा गाउँपालिका लिमी क्षेत्रमा बिहानैदेखि हिमपात भएकाे नाम्खा गाउँपालिका -६ का वडाध्यक्ष पाल्जाेर तामाङले जानकारी दिए। हिमपातले हिउँ जम्न थालेकाे छ । चिसाे ह्वात्तै बढेको वडाध्यक्ष तामाङले बताए।

दक्षिणी क्षेत्रमा वर्षा भइरहेकाे ताँजाकाेट गाउँपालिका-३ मासपुरका केशबहादुर राेकायाले जानकारी दिए ।

वर्षा र हिमपात भएपछि हुम्लाका कृषकहरूलाई राहत मिलेकाे राेकायाले बताए ।

हिमपात र वर्षाले नेपालगञ्जबाट नियमित हुने हवाइ उडान समेत प्रभावित बनेकाे छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?