+
+
Shares

दोस्रो प्रयासमा सांसद बने कविन्द्र

संसद् छिर्ने उनको दोस्रो प्रयास सफल भएको छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८२ फागुन २४ गते २०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कविन्द्र बुर्लाकोटीले फागुन २१ मा गोरखा-२ निर्वाचनमा २६ हजार ६६० मत ल्याएर फराकिलो मतान्तरले सांसद बने।
  • उनले कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई ११ हजार ७०० मतले पराजित गरे भने नेकपाका लेखनाथ न्यौपाने तेस्रो भए।
  • बुर्लाकोटी रास्वपाका संस्थापक सहमहामन्त्री हुन् र गत असारमा महामन्त्री बनेका छन्।

२४ फागुन, गोरखा । गत निर्वाचन (२०७९) मा प्रचण्डसँग पराजय भोगेका कविन्द्र बुर्लाकोटी फागुन २१ को निर्वाचनमा भने निर्वाचित भए । त्यो पनि फराकिलो मतान्तरले । उनले २६ हजार ६६० मत ल्याउँदै गर्दा उनलाई पछ्याइरहेका कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७०० मत मात्र प्राप्त गरे । नेकपा तेस्रो स्थानमा देखियो ।

नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत ल्याए । एमालेका चक्रे मिलनले ३ हजार ८७ मत पाए । ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ३ हजार ९ मत बदर भएको छ । कुल मतदाता संख्या भने १ लाख ८ हजार ५३३ रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

२०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनको चेपुवामा बुर्लाकोटी थिए । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नेपाल समाजवादी पार्टी समेतको समर्थनले प्रचण्ड उनीमाथि हाबी हुन पुगे ।

१३ हजार ४७२ को फराकिलो मतान्तरले पराजित भए । प्रचण्डले २६ हजार १०९ मत ल्याउँदै गर्दा बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका थिए । हारे पनि रास्वपा गठन भएकै वर्ष संसदीय चुनावको पहिलो अनुभव बटुल्ने अवसर उनले पाएका थिए ।

त्यही हारको बदला लिदै अहिले बुर्लाकोटी यसपटक सांसद बनेका छन् । संसद् छिर्ने उनको दोस्रो प्रयास सफल भएको छ । गोरखा-२ का जनताले उनलाई मतपेटिकाबाट अनुमोदन गरेर पठाएका छन् ।

पालुङटार नगरपालिका–९ का उनी रास्वपाको संस्थापक सहमहामन्त्री हुन् । करिब तीन वर्ष सहमहामन्त्रीको पद सम्हालेका उनी गत असारमा महामन्त्री बने । तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई रास्वपाले अनुशासनको कारबाही गरेपछि बुर्लाकोटीले उपल्लो तहको कार्यकारी भूमिकाको पद प्राप्त गरेका थिए । उनी रास्वपाको संगठन विभाग प्रमुख समेत हुन् ।

नेसनल युथ फेडेरेसनमा समेत विगतमा आबद्ध भएका उनी ‘नयाँ नेपाल, बेटर नेपाल’ अभियानका संयोजक रहेर काम गरेका थिए । पालिका क्षमता विकास केन्द्र संस्थाको कार्यकारी निर्देशक भएर उनले विगतमा एक वर्ष काम गरे ।

४६ वर्षीय कविन्द्रसँग व्यावसायिक रूपमा ट्राभलको क्षेत्रमा पनि काम गरेको अनुभव छ । उनी नेपाल कमर्स क्याम्पस मीनभवनका पूर्वविद्यार्थी हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?