+
+
Shares

तनहुँमा छ हजार मत बदर

रासस रासस
२०८२ फागुन २४ गते १९:१६

२४ फागुन, दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा छ हजारभन्दा बढी मत बदर भएको छ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी छ हजार २५२ मत बदर भएको हो ।

जिल्ला निर्वाचन कार्यालय तनहुँले सबै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि मत बदर हुने क्रम नरोकिएको जनाएको छ ।

तनहुँ क्षेत्र नम्बर १ मा दुई हजार ७३० र क्षेत्र नम्बर २ मा तीन हजार ५२२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।

क्षेत्र नम्बर १ अन्तर्गत एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १४९ मत खसेको थियो । त्यसमध्ये ६५ हजार ४१९ मत सदर भएको छ ।

क्षेत्र नम्बर २ अन्तर्गत ६६ हजार १०० मत खसेकामा ६२ हजार ५७९ मत सदर भएको छ ।

मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको लम्सालको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?